केही दिनअगाडिसम्म भिडभाड र चपहलपहल देखिएको धनकुटा बजार सुनसान बन्दै गएको छ । दसैँ आएसँगै चाडबाड मनाउन बजारबाट गाउँ गएपछि बजार सुनसान बन्दै गएको हो ।
गोरखापत्रका नारायणगढ समाचारदाता बसन्त पराजुली सम्मानित हुनुभएको छ । गुरूङ समुदायको इतिहास, संस्कृति र बखानसिह गुरुङको राजनैतिक भूमिकालाई उजागर गर्दै उपन्यास बखान लेखिएको भन्दै समाचारदाता पराजुलीलाई तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले गुरूङ संस्कारअनुसार सम्मान गरेको हो ।
नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे पर्याप्त जानकारी नहुँदा स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्न सकेका छैनन् ।
दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन् ।
तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो ।
झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको मिक्लाजुङ–५, चिसापानी पञ्चमीबजार जोड्ने गरी ३३ वर्षअघि सुरु गरिएको दमक–चिसापानी–पञ्चमी सडक अझै निर्माण सम्पन्न हु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई पश्चिम नवलपरासीस्थित सरावल गाउँपालिकाका स्थानीय नागरिक तथा प्रतिनिधिहरूले गाउँपालिकामा देखिएका बाढी, डुबान, सडक र नदी नियन्त्रणसम्बन्धी गम्भीर समस्याहरू समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले लोकतन्त्रलाई दलविहीन बनाउने प्रयास खतरनाक हुने बताउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना स्वदेशी उद्योगको प्रवर्धन र विकासका ला
पूर्वाधार आयोजना निर्माणको ठेक्का लिने तर निर्माणमा आलटाल भइरहेका आयोजनाको ठेक्का नै तोड्ने कसरतलाई सरकारले तीव्रता दिएको छ । सोही व्रmममा भौतिक पूर्वाधार तथा यातायात
गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न कांग्रेसको साथ सहयोग लिएर जानुपर्ने बताउनुभएको छ ।
दसैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपाली मौलिक संस्कृतिको अभिन्न हिस्सा मानिन्छ । तर समयको परिवर्तन, आधुनिकीकरण र युवापुस्ताको विदेशप्रवाससँगै यो परम्परा क्रमशः हराउँदै गएको छ ।
विश्वका दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार अवलोकनका लागि बर्दियामा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने धेरै जसो पर्यटक अहिले गुलरिया नगरपालिका–२, खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्र पनि पुग्ने गरेका छन् ।