नेपालगन्ज उपमहानगरपालिका–२२ को किङ्गरियनपुरवा शिक्षा, स्वास्थ्यलगायत सबै हिसाबले पछाडि परेको बस्ती हो । नेपालगन्जमा अहिले नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशन चलिरहेको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले कानुन बनाउने निकायमा जनताको सिधा पहुँच बढाउन जरुरी रहेको बताउनुभएको छ ।
शालिग्राम नेपाल चितवन, वैशाख २२ गते । भरतपुर अस्पतालमा छ वटा विशिष्टीकृत सेवाको शुभारम्भ हुँदैछ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा सुरु हुन लागेको छ वटा विशिष्टीकृत सेवाको औपचारिक रूपमा उद्घाटन गर्न लाग्नु भएको हो । काठमाडाैँको वीर अस्पतालपछि धेरै बिरामीको चाप रहेको भरतपुर अस्पतालमा छ वटा सेवा विस्तारपछि राजधानी जानु पर्ने बाध्यता हट्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । विशिष्टीकृत सेवामा क्याथल्याव, जलन वार्ड (आगोले पोलेका विरामीकोलागि उपचार), निःसन्तान सम्बन्धी उपचार, बच्चाको सर्जरी, कलेजो सम्बन्धी उपचार, न्युरो सम्बन्धी उपचार लगायतको रहेको छ । क्याथल्याब सुरु भएपछि मुटु सम्बन्धी उपचारको लागि अब अन्यत्र जानु पर्ने बाध्यता हट्नेछ । हृदयाघात, मुटुको रगतका नसासम्बन्धी समस्या, मुटुको भल्भसम्बन्धी समस्या, जन्मजात मुटुरोलगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिन्छ । मुटुमा रक्तनलीहरु थुनिँदा मानिसमा हृदयाघात हुने गर्छ । मुटुको शल्यक्रिया ओपन हार्ट सर्जरी र क्लोजहार्ट सर्जरी गरी दुई तरिकाले गर्न सकिन्छ ।सरकारी अस्पतालमा क्याथल्याब नहुँदा बिरामीलाई मेडिकल कलेज पठाउनुपर्ने बाध्यता थियो । सरकार र अस्पतालको गरी कुल साढे ११ करोड रूपियाँमा यो सेवा सुरु गर्न लागिएको प्रा.डा.पौडेलले बताउनुभयो । अस्पतालमा यस अगाडि नै सञ्चालनमा रहेको जलनको उपचार अहिले विशिष्टीकृत रूपमा सेवा सञ्चालन गर्न लागिएको अस्पतालका सूचना अधिकारी डाक्टर रामप्रसाद सापकोटाले बताउनुभयो । अस्पतालले सामान्य सेवा दिँदै आएको थियो तर अब विशिष्टीकृत रूपमा दिँदै छौ उहाँले भन्नुभयो अव भरतपुर अस्पताल आउनु भएका बिरामीलाई अन्य अस्पतालमा पठाउनु पर्ने अवस्था रहँदैन । राजधानी पछि धेरै सेवा दिने भरतपुर अस्पताल भएको छ डाक्टर सापकोटाले भन्नुभयो । अस्पतालले छ वटा विशिष्टीकृत सेवा बाहेक अन्य सेवालाई पनि विस्तार गर्दै लैजाने तयारी गरेको छ । अस्पतालले सिमुल्टेसन ल्याबमा नयाँ चिकित्सकहरूलाई मानिसको डमीमा अपरेसन गर्न सिकाइन्छ । यो सेवा पनि आजैबाट सुरु हुने अस्पतालले जानकारी दिएको छ । मानिसको आकार दिएर बनाइएको डमीमा अपरेसन गर्न सिकाउने ठाउँलाई सिमुल्टेसन ल्याब भनिन्छ । बिरामीको अपरेसन थाल्नुअघि यो ल्याबमा चिकित्सकलाई अभ्यास गराइने छ ।
पछिल्लो समय तराईका जिल्लाबाट गाँजा तस्करीमा कतिपय अवस्थामा बिरामी बोक्ने एम्बुलेन्सको समेत प्रयोग हँुदै आएको छ । शनिबार प्रहरीले रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजा
जाजरकोटको भेरी नगरपालिकाले चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागेको छ । भेरी नगरपालिका तथा स्वयंसेवक र विश्वव्यापीकरणका लागि अन्तर्राष्ट्रिय समाजबिच चिनियाँ भाषा कक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ ।
हुम्लाका कुनै ठाउँका विद्यार्थीले एउटा सामान्य झोलुङ्गे पुलसमेत नभएर विद्यालय जान प्रभावित भएका बेला सर्केगाड गाउँपालिका–४ स्थित दुल्ली गाउँनजिक आकासे पुल बनाएर नेपाल सरकारको बजेट दुरुपयोग भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । उहाँले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गर्नुभएको थियो ।
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ),वैशाख २२ गते । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी उच्च हिमाली क्षेत्रका कारण लेक लाग्ने (उच्च उचाइ रोग) केन्द्र थप गर्ने बताउनुभएको छ । मुस्ताङका पाँच वटै गाउँपालिकामा रहेका स्वास्थ्य क्षेत्रको निरीक्षणका लागि मुस्ताङ पुगेर फर्किनुभएका मन्त्री पाठकले बर्सेनि लेक लागेर ज्यान गुमाउने पर्यटकको सङ्ख्या बढ्न थालेपछि म्याग्दीसँग सिमाना जोडिएको थासाङ गाउँपालिका–४,घाँसामा र जोमसोम विमानस्थलमा हेल्थ डेस्कमार्फत स्वास्थ्य परीक्षण गरी स्वास्थ्य अवस्था अनुसार भ्रमणको सुझाव दिनुपर्ने बताउनुभयो । प्रादेशिक अस्पताल जोमसोम र उपल्लो मुस्ताङमा आधुनिक उपकरण सहितको हाइ अल्टिच्युड’ उपचार केन्द्र थप गर्ने, हरेक स्वास्थ्य चौकीमा लेक लागेको अवस्थामा उपचारका लागि आवश्यक उपकरणहरू जडान गर्नुपर्ने बताउनुभयो । मन्त्री पाठक भन्नुहुन्छ,‘‘स्वास्थ्य पर्यटनसँग मुस्ताङलाई जोड्न पनि पर्यटकको आगमनलाई सुरक्षित बनाउनुपर्छ,जटिल रोगबाट ग्रसित पर्यटकलाई माथिल्लो क्षेत्रको यात्रा नगर्न सुझाव दिनुपर्छ ।’’तीन दिन मुस्ताङमा रहेका स्वास्थ्य क्षेत्रको निरीक्षण गरी आइतबार फर्किनुभएका मन्त्री पाठकले मन्त्री पाठकले हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेका दुई वटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्रको समेत निरीक्षण गर्नुभएको थियो। वारागुङ मुक्ति क्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्रको भवनका जनशक्ति र उपकरणको अभाव देखिएकाले आगामी आवको बजेटमा सम्बोधन गर्ने बताउनुभयो । दुवै केन्द्रलाई चालु आवमा ५० लाख गण्डकी प्रदेशबाट उपलब्ध गराइएको छ । मन्त्री पाठकले धेरै पर्यटक बोक्ने होडबाजीमा लागेका ट्राभल तथा ट्रेकिङ एजेन्सीले सिधै कोरला नाकामा लैजाने गरेको र पर्यटक बिरामी हुने समस्या देखिएको बताउँदै पोखराबाट एकै पटक उपल्लो मुस्ताङसम्म पर्यटक लैजाने एजेन्सीलाई समेत सचेत गराउने बताउनुभयो । मन्त्री पाठकले मुस्ताङको भ्रमणका क्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ सहित थासाङ, घरपझोङ, वारागुङ मुक्ति क्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसँग लेक लागेर मृत्यु, बिरामी हुने समस्या समाधानका लागि गर्ने सकिने कार्यका साथै मुस्ताङलाई स्वास्थ्य पर्यटनसँग जोड्ने विषयमा समेत छलफल गर्नुभएको थियो । मन्त्री पाठकले जोमसोममा रहेको प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको निरीक्षण, प्रदेश स्वास्थ्य कार्यालय,आयुर्वेद अस्पतालको स दुई वर्षको अवधिमा शरद र वसन्त ऋतुमा सडक र हवाई मार्ग हुँदै मुस्ताङ प्रवेश गरेका स्वदेशी तथा विदेशी पर्यटक गरी मुस्ताङमा २८ जना पर्यटकले लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका छन् ।
नेपाल विद्युत् प्राधिकरण, महेन्द्रनगर वितरण केन्द्रले थप एक सय किलोमिटर क्षेत्रमा ‘कभर कन्डक्टर’ लाइन विस्तार गर्ने भएको छ ।
नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको यात्रा अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीको कटान र पहिरोबाट एक दर्जनभन्दा बढी स्थानमा क्षतिग्रस्त बनेको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डको हालसम्म पुनर्निर्माण नहुँदा यात्रा जोखिमपूर्ण बनेको हो ।
दार्चुलामा धमाधम ग्रामीण विद्युतीकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणको काम गरिरहेको हो ।
चन्द्र पन्दाकताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । सदरमुकाम फुङ्लिङमा आइतबार अबेर सम्पन्न भएको जिल्ला भेलाले प्रदीप मादेन (नानी) संयोजक रहेको ४७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको हो ।मोर्चाको सह–संयोजकमा इन्द्र थलङ, श्री लिङ्खिम, पूर्ण पालुङ्वा, अशोक मादेन र डम्बर लाबुङ चयन हुनुभएको छ । सदस्य–सचिवमा धनकुमार येङ्देन, प्रवक्ता सरोज कङ्लिवा, सहसचिवमा चतुरमती थाङ्देन र आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वा चयन हुनुभएको छ । मोर्चाको सल्लाहकारमा मोती पालुङ्वा, कर्णबहादुर पालुङ्वा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कीर्तिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन र हर्कहाङ तुम्बाहाम्फे रहनुभएको छ । यसै गरी बिरेन तबेबुङ संयोजक रहेको संयुक्त पहिचानवादी युवा मोर्चाको जिल्ला समिति पनि गठन गरिएको छ । युवा मोर्चाको सहसंयोजकमा जनम इधिङ्गो चयन हुनुभएको छ ।जिल्ला भेला मोर्चाका संयोजक डकेन्द्रसिंह थेगिम, पहिचानवादी नेताहरु ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, अशिम पालुङवा, चन्द्र मादेन लगायतको उपस्थितिमा गठन गरिएको प्रवक्ता सरोज कङ्लिवाले जानकारी दिनुभयो । मोर्चाको भेलाको अवसरमा गत फागुन १० गते नो केबलकार सङ्घर्षका क्रममा पक्राउ परी प्रहरी हिरासतमा २७ दिन बसेका र पक्राउपुर्जी जारी भएका नौ जनालाई सम्मानसमेत गरिएको कङ्लिवाले जानकारी दिनुभयो ।त्यस्तै पाथीभरा (मुक्कुमलुङ) केबलकारविरुद्ध आन्दोलनका क्रममा घाइते भएकालाई उपचार सहयोगबापत ताप्लेजुङ युके समाज, फुरुम्बो पालुङ्वा बंश प्रतिस्ठान र पहिचानवादी मोर्चा ताप्लेजुङ–काठमाडौँ सम्पर्क समितिले आर्थिक सहायता उपलब्ध गराएको छ । पहिचानवादी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रजलाई समेत विशेष सम्मान गरिएको मोर्चाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।
अमरराज नहर्कीतनहुँ, वैशाख २२ गते । तनहुँको भीमाद नगरपालिकाले वडा नम्बर–६ को भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णदेव श्रेष्ठलाई बर्खास्त गरेको छ । बालमैत्री वातावरणमा पठन पाठन गर्न नसकेकोले बर्खास्त गरिएको नगरपालिकाले जनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने तीन बालकलाई करिब तीन महिना अघि शिक्षिकाले पन्यूले डामेपछि गठित छानबिन समितिको सिफारिसको आधारमा प्रिन्सिपललाई हालै हटाइएको भिमाद नगरपालिकाका प्रमुख दधिराध सुवेदीले जानकारी दिनुभयो । यातना दिने शिक्षिकाको तनहुँ जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकोले उनीहरूको बारेमा निर्णय नगरिएको सुवेदीले बताउनुभयो । नगर प्रमुख सुवेदीले भन्नुभयो, ‘बालमैत्री वातावरण बनाउन प्रिन्सिपलले नसकेकोले शिक्षकबाट विद्यार्थीले यातना पाएको छानबिन समितिले जनाएकोले कारबाही गरेका हौँ ।’ विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानबिन गर्न नगरपालिकाद्धारा उपसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधी सहित तीन सदस्यीय समिति गठन गरिएको भीमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो । शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत तीन बालकलाई पन्यूले डामेपछि सख्त घाइते भएका थिए । माघ २९ गते तातो पन्युले डामे पछि तीनै जना घाइते हुनु भएको थियो । सो घटनाकी आरोपित शिक्षिका श्रेष्ठलाई प्रहरीले माघ ३० गते बिहान गिरफ्तार गरेको थियो । यातना दिने शिक्षिका श्रेष्ठ धरौटीमा रिहा हुनु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार शिक्षिका श्रेष्ठ एक लाख २० हजार रुपियाँ धरौटीमा रिहा हुनु भएको हो । पन्यु तताउन सहयोग गर्ने सोही विद्यालयमा कार्यरत कमला राना ६० हजार धरौटीमा बिहीबार रिहा हुनु भएको छ । विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै शिक्षिका श्रेष्ठले पन्यु तताएर कक्षा ४ मा अध्ययनरत तीन बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए । घटनामा कक्षा ४ मा पढ्ने प्रमिस परियार लगायत तीन जना घाइते भएका थिए । बालकका हजुर बुबा अर्पान सिर्जन घलेले घाइते बच्चाहरूको फोटो सार्वजनिक गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्नुभएको थियो । सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो ।
जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।