बागलुङ जिल्लाको जैमिनी नगरपालिका–२ तल्लो दमेक वडा कार्यालय नजिकैको बारीमा एकोहोरो मकै गोड्दै स्थानीय महिला किसान । अहिले किसानलाई मकै गोड्ने चटारो छ ।
नेकपा (एमाले)को भातृ सङ्गठन युवा सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा मानिक तुम्बाहाङफे चयन हुनुभएको छ। सङ्घको १० औँ अधिवेशनले तुम्बाहाङफेको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो।
सुनसरीको दक्षिणी क्षेत्रमा पर्ने देवानगञ्ज गाउँपालिकाको खेतीयोग्य जमिन यतिबेला हराभरा छ । गहुँ काटेर भर्खरै खाली भएको बाहेक कुनै जमिन बाँझो छैन । देवानगंजका खेतमा लहलह भएको अनेकथरी बालीले त्यहाँ पुग्ने सबैको ध्यान खिच्ने गरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रेलिगेसनमा परेको रियल भालाडोलिडलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार साँझसम्म फेला नपरेको हो ।
हुम्लाका कुनै ठाउँका विद्यार्थीले एउटा सामान्य झोलुङ्गे पुल समेत नपाएर विद्यालय जान समेत प्रभावित भएको बेला मध्ये क्षेत्रको सर्केगाड गाउँपालिका–४ स्थित दुल्ली गाउँ नजिक आकाशे पुल बनाएर बजेट दुरुपयोग भएको छ ।
एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा वीरगन्जले मध्यपुरलाई १–० गोलले हरायो ।
लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा एक सातादेखि विद्यार्थीले लगाएको तालाबन्दी खुल्न सकेको छैन ।
क्यानले दुई सात अघि सुरु गरेको प्रशिक्षण क्याम्पमा रहेका ५२ खेलाडीबाट २५ खेलाडी छनोट गरेको हो ।
तनहुँको म्याग्दे गाउँपालिकाले आइतबार उत्कृष्ट ४० घोषणा गर्दै सम्मान गरेको छ । म्याग्दे गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम सो सङ्ख्यामा छनोट गरी सम्मान गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले यस्तो आग्रह गरेको हो।
बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले किसानहरूको एकताबाट मात्र बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सकिने बताउनुभएको छ।
स्याङ्जा कालिगण्डकीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।
कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष हुम्लाबाट नियमिततर्फ पाँच सय ७९ जना विद्यार्थीले परीक्षा दिन फारम भरेका थिए ।