सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ।
डेनमार्कको रक्षा मन्त्रालयले शुक्रबारदेखि शनिबार रातिसम्म देशका विभिन्न रक्षा सुविधा वरपर नयाँ ड्रोन देखिएको पुष्टि गरेको छ ।
नवलपुरका जनप्रतिनिधिले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न कांग्रेसले साथ सहयोग गरेर जानुपर्ने बताउनुभएको छ।
दशैंका लागि घर फर्किरहेका यात्रु सवार रहेको विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दश जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
पर्यटकीय राजधानी पोखराको डेमसाइडस्थित फेवाताल माथि जम्मा भएको फोहरको थुप्रोमा बसेर आहाराका खोजी गर्दै बकुल्ला ।
चालु महिनामा पश्चिमी रूसमा बिषाक्त मदिराको सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको अनुसन्धानकर्ताले शनिबार बताएका छन् ।
बैतडीमा शनिबार दिउँसो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थिति र उपचारको अवस्थाबारे जानकारी लिनुभएको छ।
मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ ।
पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाख भन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै दक्षिणी जिल्लामा धेरै असर पारेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए) ले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गर्न प्रतिवन्ध गरिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल भएकाले पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवन गर्न प्रतिवन्ध गरिएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार अभियानलाई निरन्तरता दिँदै आएको छ ।
गत सोमबार गोहीको आक्रणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका –२ राजीपुरका २५ वर्षीय विवश थारूको अवस्था अझै अज्ञात छ ।