दशैमा स्वदेशकै सहर तथा परदेशबाट गाउँ आउनेहरुको दैनिक भिड बढिरहेको छ । गुल्मेली नागरिकको यात्रा सहजताका लागि करिव चारसय सार्वजनिक सवारी साधन सञ्चालन भएका छन् ।
नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि पार्टी सचिवालय बैठक बोलाउनुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठक गुन्डुस्थित निवासमा बस्ने उहाँको भनाइ छ ।
विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्ने बताउनुभएको छ । युवा सङ्घ नेपालले आज भक्तपुरको गुण्डुमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताउनुभएको हो ।
आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका बेला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताउनुभएको छ।
फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको छ ।
क्यानाडाको वास्तविक घरेलु उत्पादन (जीडीपी) जुलाई महिनामा ०.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वृद्धिदर चार महिनामा पहिलो पटक सकारात्मक भएकाले केही क्षेत्रमा गतिविधि पुनः सक्रिय हुँदै छ ।
चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ ।
इरानसँग गरिएको आणविक सम्झौतामा अपेक्षित प्रगति नदेखिएको भन्दै संयुक्त राष्ट्रसङ्घले एक दशकपछि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आइएइए) बिचको सहकार्य अन्त्य हुन सक्ने सम्भावना रहेको परराष्ट्रमन्त्री सयद अब्बास अराघ्चीले बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आय वृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्धन र सम्बर्धन अपरिहार्य भएको बताउनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिका –४ बाह्रपिर्के बजारमा हाट बजार सञ्चालनमा आएको छ । पालुङटार नगरपालिकाले असोज ११ गते शनिबार बिहान हाटबजार सञ्चालनमा आएको पालुङटार नगरपालिकाका नगर प्रमुख बिबश चिन्तनले जानकारी दिनुभयो ।
नवरात्रको छैठौं दिन (शनिबार) बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । बडा दशैमा (नवरात्रभरी) विशेष पूजा हुने हुँदा गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नेपालभरीबाट दर्शनार्थी आउने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । पुतलीबजार नगरपालिका –१३ सातुपसलका १८ वर्षीय शुभम अर्याललाई प्रशासनले घरमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।