प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आफ्नो नगर क्षेत्रमा भएको विकास, सञ्चालन भएका योजनाहरुको बारेमा जनतालाई जानकारी दिन र सुझाव लिनका लागि प्रत्येक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं १ मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने तिर्थालुलाई लक्षित गरी भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति मागेको छ ।
धनकुटा जिल्ला अस्पतालमा हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ । वि.स. १९७० सालमा स्थापना गरिएको जिल्ला अस्पताल धनकुटामा अस्पताल स्थापना भएको एक सय ११ वर्षपछि हेमोडायलाइसिस सेवा सुरु भएको हो ।
ओखलढुङ्गामा बच्चा जन्माएर फालेको आरोपमा १९ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफैँले जन्माएको नवजात शिशु फालेको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिका–९ की युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
हेटौँडा ठिङ्गन हुँदै काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा आइतबार दिउँसोबाट यातायात आवागमन सुचारु भएको छ । साढे ६ घण्टापछि यातायात आवागमन सुचारु भएको हो ।
ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । उक्त शौचालय आइतबारदेखि सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिनुभएको छ ।
भेरी नगरपालिकाले सञ्चालन गरेको दुई दिने दन्त शिविरबाट ६ सय ६३ जना लाभान्वित भएका छन् ।
दाङमा प्रहरीले शिक्षकलाई खुँडा प्रहार गरेर फरार भएका विद्यार्थीलाई पक्राउ गरेको छ ।
रौतहटमा सवारी दुर्घटना हुँदा बुबा–छोरीको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं. ४ पश्चिम लच्का नजिकै आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकताका कारण राज्यविहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापाले प्युठान जिल्लाका भौतिक पूर्वाधार र विकास निर्माणका योजनालाई आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेशका लागि अनुरोध गर्नुभएको छ ।
बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।