• ११ असोज २०८२, शनिबार

एमाले सचिवालय बैठक आइतबार बस्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ११ गते । नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि पार्टी सचिवालय बैठक बोलाउनुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठक गुन्डुस्थित निवासमा बस्ने उहाँको भनाइ छ । 

बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको असरबारे छलफल हुने गौतमले बताउनुभयो । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा पनि तय गर्ने उहाँको भनाइ छ । 

बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने गौतमले जानकारी दिनुभयो ।