जुम्लाको गुठिचौर गाउँपालिका १ नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका छन् । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका हुन् ।
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले त्रिदेव पौडेल र सदीक्षा पण्डितलाई देवी ओली स्मृति बाल पुरस्कारबाट सम्मान गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामति सेवामा महिलाका लागि छुट्याएको ५० प्रतिशत पदमध्ये दलित समुदायलाई १२ प्रतिशत छुट्याइएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुुझाव दिनुभएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्नुहुने क्रेमलिनले आइतबार जनाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा क्रिप्टो करोडपति छोराबाट फिरौती असुल पार्न अपहरण गरिएका एक व्यक्तिलाई छुटाउन फ्रान्सेली प्रहरी सफल भएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशमा अब आर्थिक र सामाजिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ। गुल्मीको मालिका गाउँपालिकामा माओवादी केन्द्रको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त मात्रामा भएको बताउनुभएको हो।
नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा शार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्था आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारीले सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्राध्यापकहरु अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने वरिष्ठ प्राडाहरुले बताउनुभएकाे छ ।
राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् ।