पर्यटकीय राजधानी पोखराको डेमसाइडस्थित फेवाताल माथि जम्मा भएको फोहरको थुप्रोमा बसेर आहाराका खोजी गर्दै बकुल्ला ।
चालु महिनामा पश्चिमी रूसमा बिषाक्त मदिराको सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको अनुसन्धानकर्ताले शनिबार बताएका छन् ।
बैतडीमा शनिबार दिउँसो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थिति र उपचारको अवस्थाबारे जानकारी लिनुभएको छ।
मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ ।
पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाख भन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै दक्षिणी जिल्लामा धेरै असर पारेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए) ले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गर्न प्रतिवन्ध गरिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल भएकाले पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवन गर्न प्रतिवन्ध गरिएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार अभियानलाई निरन्तरता दिँदै आएको छ ।
गत सोमबार गोहीको आक्रणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका –२ राजीपुरका २५ वर्षीय विवश थारूको अवस्था अझै अज्ञात छ ।
नेपाल र वेस्ट इन्डिजबिचको टी–२० क्रिकेट सिरिज आजदेखि सुरु हुनेछ । सिरिजका लागि नेपाली टोलीले युएईमा शुक्रबार अन्तिम तयारी गरेको छ।
लमजुङ र मनाङको सिमामा पर्ने दुधपोखरी कुण्डमा नुहाउन जाँदा बेपत्ता हुनुभएका एक किशोरको शव फेला परेको छ ।पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा साउन २४ गते नुहाउने क्रममा हराउनुभएका लमजुङको क्व्होलासोथार गाउँपालिका ४, भुजुङका १८ वर्षीय मनोज गुरुङको शव फेला परेको हो ।
दसैँ, तिहारजस्ता चाडपर्वको लागि धनगढीमा धनगढीकै किसानका फूल बिक्रीको काम धमाधम भइरहेको छ । यहाँ फूलखेती गर्दैआएका किसानको फूल धनगढी उपमहानगरपालिका परिसरमा रहेको फूल बिक्री केन्द्रबाट बिक्री गर्न थालिएको हो ।
मध्यनेपाल नगरपालिका–६ भोर्लेटारको दोभानडाँडामा पाक्दै गरेको धानवाली पृष्ठभूमिमा माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खला र आसपासका क्षेत्र ।
सप्तरीको फत्तेपुरमा शनिबार दिउँसो नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। नगरपालिकाको वडा १० गंगाजलस्थित चन्द्रनहरमा नुहाउन गएका स्थानीय १२ वर्षीय विशाल सदाको डुबेर मृत्यु भएको हो ।