केशब राज भट्ट
वाशुलिङ (बैतडी), असोज ११ गते। बैतडीमा शनिबार दिउँसो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडीको पुर्चाैडी हाटतर्फ गइरहेको ना ०२००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया–७ भञ्ज्याङमा दुर्घटनामा परेको हो।
सडकबाट करिब ५० मिटर तल खसेकोको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।