बाजुराको खप्तड छेडेदह गाउँपालिकाले काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको छ । स्वास्थ्य सुविधाको पहुँच अभाव झेलिरहेका दुर्गम बस्तीलाई प्राथमिकतामा राख्दै महानगरपालिकाले उक्त सहयोग उपलब्ध गराएको हो ।
चीनले शनिबार बिहान आफ्नो नयाँ भू–उपग्रह ‘ फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३ः२८ बजे (बेइजिङ समय अनुसार) सम्पन्न भएको हो ।
पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै सङ्गठनलाई बलियो बनाउन सक्रिय हुनुभएको छ ।
धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
सप्तरीको राजविराज नगरपालिकामा शुक्रबार राति आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
पर्यटन हाम्रो देशको अर्थतन्त्र, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । नेपाल पर्यटकीय सम्भावनाको हिसाबले प्रशस्त अवसरहरु रहेका छन् ।
स्वदेशमा काम नपाएपछि बाध्य भएर रोजगारीका लागि सानै उमेरमा भारत गएका पश्चिम नेपालका युवाहरुले देश नयाँ युगमा प्रवेश गरेकाले अब केही हुन्छ भन्ने लागेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध सबै सदस्यहरूको निःशुल्क उपचार हुने भएको छ ।
दसैँ तिहारमा नयाँ नोट साट्न खोज्ने ग्राहकको धेरै माग हुन्छ । तर पछिल्लो दुई वर्षदेखि पहुँचवालाको हातमा नयाँ नोट परेपनि सामान्य उपभोक्ताले भने अहिलेसम्म नयाँ नोट हातमा नपरेको गुनासो गरेका छन् ।
तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
बगलुङ नगरपालिका–१४नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ ।
विसं २०८१ असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ ।