सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
हिमाली जिल्ला हुम्लामा २९ प्रतिशत खेती योग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । कतै भिरालो जमिन त कतै सिँचाइका लागि पानीको श्रोत नभएको कारण थोरै जग्गामा मात्र सिँचाइ सुविधा पुगेको हो।
नवलपरासी पश्चिमको सरावल गाउँपालिका वडा २ मनरीमा अवस्थित थारू सांस्कृतिक पार्कमा थारू सङ्ग्रहालयको निर्माण कार्य सुरु भएको छ ।
धनकुटामा सम्पन्न भलिबल उत्सवमा पुरुष तर्फको उपाधि चौविसे गाउँपालिका र महिला तर्फको उपाधि साँगुरीगढी गाउँपालिकाले जितेको छ ।
माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरुमा पुग्थे ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयबाट पहिलो पटक चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरण गरेपछि सेवाग्राही लाभान्वित भएका छन् ।
भूमि समस्या समाधान आयोग बागलुङले भूमिहीनलाई निस्सा वितरणको अन्तिम तयारी थालेको छ । आयोगले भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको अन्तिम तथ्याङ्क सङ्कलन र प्रमाणिकरणको काम गरिरहेको छ ।
चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।
प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
म्याग्दीको मालिका गाउँपालिका ७ स्थित प्रभुचेलाधुरीमा सामुदायिक ध्यान केन्द्र निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र समुदायको संयुक्त लगानीमा करिब एक करोड रुपियाँ खर्चिएर पर्यटकीय पूर्वाधार निर्माण गरी सामुदायिक ध्यानकेन्द्र बनाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले नेपाली जनतालाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिएर काम गरिरहेको बताउनुभएको छ ।
सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा बिर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो ।
हिजो राति नराम्रोसँग रोइएछ । म झैँ कठोर मनको मान्छे त्यसरी रुँला भन्ने मैले कल्पना नै गरेको थिइनँ । बाबु मरे, अलमलमा परेँ, राम्ररी रुनँ पनि सकिनँ । आफ्नाहरूलाई भेट्दैमा, मर्नुको कारण बताउँदैमा रुवाइको वेग खुल्नै सकेको