धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
सप्तरीको राजविराज नगरपालिकामा शुक्रबार राति आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
पर्यटन हाम्रो देशको अर्थतन्त्र, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । नेपाल पर्यटकीय सम्भावनाको हिसाबले प्रशस्त अवसरहरु रहेका छन् ।
स्वदेशमा काम नपाएपछि बाध्य भएर रोजगारीका लागि सानै उमेरमा भारत गएका पश्चिम नेपालका युवाहरुले देश नयाँ युगमा प्रवेश गरेकाले अब केही हुन्छ भन्ने लागेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध सबै सदस्यहरूको निःशुल्क उपचार हुने भएको छ ।
दसैँ तिहारमा नयाँ नोट साट्न खोज्ने ग्राहकको धेरै माग हुन्छ । तर पछिल्लो दुई वर्षदेखि पहुँचवालाको हातमा नयाँ नोट परेपनि सामान्य उपभोक्ताले भने अहिलेसम्म नयाँ नोट हातमा नपरेको गुनासो गरेका छन् ।
तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
बगलुङ नगरपालिका–१४नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ ।
विसं २०८१ असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लावासीहरूमा चाडपर्वको अवसरमा विशेष अनुरोध गरेको छ । हिन्दु धर्मावलम्बीहरूको महान् चाडबडा दसैँ, तिहार र छड नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले सुरक्षित तरिकाले चाडपर्व मनाउन आग्रह गरेको हो ।
दसैँ नेपालीको महान् सांस्कृतिक पर्व हो । यसका विविध पक्ष र विशेषता छन् । ऐतिहासिक पक्षको छुट्टै दर्शन छ, सांस्कृतिक पक्षको छुट्टै विशेषता छ । धार्मिक, सामाजिक तथा आर्थिक र आध्यात्मिक पक्ष पनि
एघार वर्षकै उमेरमा रमेश यादवले सहपाठीको संगतमा लागुऔषध सेवन सुरु गरे । कक्षा १२ अर्थात् १६–१७ वर्षसम्म उनी गाँजा, ट्याब्लेट, बोतल र इन्जेक्सनको लतमा लठिसकेका थिए ।