साहित्यकार राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, सखुवा बजारनजिक पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण तीव्र गतिमा अघि बढेको छ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदानमा सो शीतभण्डार निर्माण भइरहेको हो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आवको बजेटका लागि छलफल र सुझाव लिने क्रममा बागमती प्रदेश उद्योग परिसङ्घसँग बजेटबारे छलफल गरेको छ ।
बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो ।
पाल्पाको माथागढी गाउँपालिकाभित्रका किसानले वार्षिक ६० लाख रुपियाँको काफल बिक्री गर्दै आएका छन् । माथागढीको वडा नं. ४ र ३ का स्थानीय बासिन्दाले हरेक वर्ष ६० लाख बढीको काफल बिक्री गर्दै आएका हुन् ।
माछाको हबका रूपमा विकास भएको छपिया क्षेत्रसहित रुपन्देहीका होटेल व्यवसाय र उद्यमीलाई माछाका परिकार बनाउन सिकाइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वसनीय बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ । स्रोत व्यवस्थापन र खर्च व्यवस्थापनका विषयमा अनुशासित हुनुपर्ने अवस्था मुलुकमा आएकाले अहिले सरकारसँग कोही पनि त्रासमा बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
सरकारले विशेष आर्थिक क्षेत्र (सेज) र धौवादी फलाम कम्पनीलाई सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।
त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।
नेपाल पत्रकार महासङ्घका अनुसार बितेको एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७३ घटना भएका छन् ।
नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र संयुक्त अधिराज्यका राजा चार्ल्स तृतीयको जन्म दिवस नेपालमा मनाइएको छ ।
स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न कक्षा १२ पास गरेका विद्यार्थीले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको छलफल अन्तिम चरणमा पुगेको छ ।
कुनैबेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति हुनुहुन्थ्यो टेकनारायण घिमिरे । हालको मस्र्याङ्दी गाउँपालिकाका १२ वटा विद्यालयको सुरुवातसँगै चितवनका तीन वटा विद्यालयमा समेत उहाँले अध्यापन गराउनुभयो ।
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा (एमाले) जननिर्वाचित शासन सत्ताको पक्षमा रहेको बताउनुभएको छ ।