नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६६ पैसा र बिक्रीदर १४२ रुपियाँ २६ पैसा निर्धारण गरिएको छ ।
सरकारले देशैभरका छ महानगर, एघार उपमहानगरपालिकाभित्र मात्रै एक पटकमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनैपर्ने व्यवस्था गरेको छ ।
हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । शनिबार दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक प्रभावका कारण रोकिएका सबै फाइल खुल्ने बताउनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुस
जेनजी आन्दोलनको अग्रपङ्क्तिमा रहनुभएका बझाङका १८ वर्षीय सुनील थापालाई भदौ २३ गते नयाँ बानेश्वरमा गोली लाग्यो । उक्त गोली थापाको खल्तीको आइफोन छेडेर शरीरको बिच भाग कम्मर
जेनजी आन्दोलनपछिको सरकारको आर्थिक कार्यदिशा र प्राथमिकताबारे सरकारले नेपालस्थित स्थानीय दातृ निकायका प्रमुखसँग छलफल गरेको छ । जेनजी आन्दोलनका व्रmममा उठाइएको
पाल्पाको रामपुरमा म्याद नाघेका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । चाडपर्वलाई लक्षित गरी रामपुर नगरपालिका –५ बेझाँड बजार क्षेत्रको पसल अनुगमनको क्रममा फेला परेको ७० हजार रुपियाँ मूल्य बराबरको म्याद नाघेका तथा लेभल नभएका सामग्री जफत गरी नष्ट गरिएको हो ।
जनकपुरधामस्थित राजदेवी मन्दिरमा राखिएको झुला टुटेपछि यात्रुहरू अड्किएका छन्। विजया दशमीको अवसरमा मन्दिर परिसरमा मनोरञ्जनका लागि राखिएको झुला शुक्रबार राति करिब साढे ८ बजे अचानक बिग्रँदा झुलामा सवार यात्रुहरू झुलामाथि नै फसेका थिए।
बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव झल्काउने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकलाई हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनल प्रालिका शाखाबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडवाड लक्षित निरन्तर अनुगमन भइरहेको बताएको छ ।
जरकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको मृत्यु भएको छ ।
धनुषामा आज तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
हिन्दुको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उहाँले सो निर्देशन दिनुभएको हो।
सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ। गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।