राप्ती साहित्य परिषद्को अध्यक्षमा कमलमणि देवकोटा निर्वाचित हुनुभएको छ । शनिवार दाङको घोराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गर्नुभएको सुदूरपश्चिमेली लोकगीत नामक पुस्तकको आज विमोचन गरिएको छ । सो कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो ।
संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि तीन अर्ब दश करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज स्वीकृत गरेको जानकारी आज पेन्टागनले दिएको छ ।
सरकार र आन्दोलनरत आवासीय चिकित्सकबिच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।
जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका –१२, फूलजोर खोलामा ८० भन्दा बढी घरधुरीमा खानेपानी सुविधा पुर्याउने लक्ष्यसहित इन्टेक निर्माण गरिएको छ ।
नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ। संघले शनिबार विज्ञप्ति निकाल्दै एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो।
महिला नेतृत्व र उद्यमशील क्षमताको विस्तार गर्दै आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा सम्पन्न भएको छ। ‘उद्यमशीलता विकास सम्बन्धी क्षमता अभिवृद्धि तालिम’ सहभागी महिला उद्यमीहरूका लागि प्रेरणादायी संवाद, ज्ञान हस्तान्तरण र सशक्तिकरणको ऐतिहासिक अवसरका रूपमा चिनिएको छ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताउनुभएको छ।
नेपाल डेन्टल एसोसिएसनले आधारभूत अस्पतालको साङ्गठनिक संरचनामा दन्त चिकित्सकको दरबन्दी अनिवार्य गराउन माग गरेकाे छ ।
भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप उपाधि विभागिय टिम एपिएफले जितेको छ ।
जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित 'अभियान सम्मेलन २०२५' आगामी ५ र ६ 'मे' मा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ ।
कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो खुलेको छ ।
पुतलीबजार नगरपालिका–७र्यालेमा आगलागीबाट २० लाख बराबरको क्षति भएको छ ।