जनकपुरधामस्थित राजदेवी मन्दिरमा राखिएको झुला टुटेपछि यात्रुहरू अड्किएका छन्। विजया दशमीको अवसरमा मन्दिर परिसरमा मनोरञ्जनका लागि राखिएको झुला शुक्रबार राति करिब साढे ८ बजे अचानक बिग्रँदा झुलामा सवार यात्रुहरू झुलामाथि नै फसेका थिए।
बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव झल्काउने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकलाई हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनल प्रालिका शाखाबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडवाड लक्षित निरन्तर अनुगमन भइरहेको बताएको छ ।
जरकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको मृत्यु भएको छ ।
धनुषामा आज तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
हिन्दुको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उहाँले सो निर्देशन दिनुभएको हो।
सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ। गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
खर्चमा कडाइ गर्न सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले बजेटमा आर्थिक अनुशासन कायम गर्न र प्राथमिकताविहीन खर्च कटौती गर्नका लागि विभिन्न उपायहरूको घोषणा गरेको हो ।
पछिल्ला ३० वर्षमा पर्यटन क्षेत्र कंबोडियाको आर्थिक विकासमा एक प्रमुख आधार स्तम्भको रूपमा स्थापित भएको छ ।
दक्षिण एसियाको वार्षिक मनसुन वर्षा एक अर्बभन्दा बढी मानिसहरूको जीवनरेखा मानिन्छ । तर जलवायु परिवर्तनका कारण यो अझ बढी अनियमित, घातक र विनाशकारी बन्दै गएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी आफ्नो कार्यकाल सम्पन्न गरी शुक्रबारदेखि संस्थानबाट बिदा हुनुभएको छ । २०७८ साल असोज ११ गते गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएका सुवेदी चार वर्षको कार्यकाल सकेर शुक्रबार बिदा हुनुभएको हो ।
उत्तर कोरिया संयुक्त राज्य अमेरिकालाई आणविक हतियारले प्रहार गर्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) विकासको अन्तिम चरणमा पुगेको दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले चेतावनी दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले हालै सम्पन्न एक उच्चस्तरीय बैठकमार्फत विश्वभरिका सरकारलाई युवालाई नीतिनिर्माणको केन्द्रमा राख्न आग्रह गरेको छ ।