सङ्घीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलिब्रिज उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसदमा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसद्लाई निर्देशन दिनुभएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२, स्थित तल्लो मार्फामा देखिएको स्याउ बगैँचा । स्याउको राजधानीको रूपमा परिचित मार्फाका किसानहरूले मात्रै बर्सेनि करोडौँको स्याउ बिक्री गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उहाँका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ।
सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् । विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ ।
बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताउनु भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताउनुभएको छ ।
भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । घटनामा कम्तीमा ८० जना घाइते भएका छन् ।
म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको बजेट तथा योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो ।
मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न गएका धादिङको गंगाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिबल खेलाडी ५५ वर्षीय बद्रीप्रकाश श्रेष्ठको मृत्यु भएको छ । लामो समयदेखि लिभरको समस्याले बिरामी हुनु भएको श्रेष्ठको काठमाडौँको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ ।