म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेकामा हालसम्म पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका छन् । शुक्रबार अन्नपूर्ण गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएसँगै पूर्णखोप सुनिश्चितता एवम् दिगोपना पालिकाको रुपमा घोषणा हुनेको सङ्ख्या पाँच पुगेको हो ।
यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।
ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो याम (फागुन–वैशाख) मा ११ नाउर र सात झारलको सिकार भएको छ । ढोरपाटन सिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
स्याङ्जाको वालिङमा रहेको सिरक डसना उद्योगमा आगलागी हुँदा साढे १४ लाख बराबरको क्षति भएको छ । नुवाकोटको मेगन गाउँपालिका–६ घर का ३४ वर्षीय रमेश तामाङले वालिङ नगरपालिका–६ मिर्दीमा सञ्चालन गर्नुभएको आलमदेबी सिरक डसना उद्योगमा शुक्रबार आगलागी भएको हो ।
मजदुर दिवसका अवसरमा श्याम सिङ्घकको उपन्यास ‘कोइलाखाद’ विमोचन भएको छ । सम्भव समूहको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा लेखक नयनराज पाण्ड,े अध्येता कैलाश राई र सिङ्घकले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो ।
कैैलालीको चिसापानी–धुलिकोट पदयात्रा प्रतियोगिता सम्पन्न भएकोे छ । नवलसिंह रावल फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उहाँले मेला
विश्वकै समृद्ध र अवसरले भरिभरिभराउ मुलुक हो अस्ट्रेलिया । शिक्षा, रोजगारी, व्यापार, अनुसन्धान र समृद्ध जीवनस्तरका दृष्टिकोणले अस्ट्रेलिया आज विश्वभरका आप्रवासीका लागि आकर्षणको केन्द्र बनेको छ । अवसरको खोजीमा अस्ट्रेलिया
सशस्त्र प्रहरी बल नेपालले चीनको सीमा क्षेत्रमा रहेका धादिङको उत्तरी क्षेत्र तिप्लिङमा (बिओपि) बोडर आउट पोष्ट स्थापना गरेको छ ।
एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) भन्नाले सूक्ष्म जीवहरू जस्तै ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवीले आफूहरूलाई मार्ने वा वृद्धि रोक्ने औषधीप्रति प्रतिरोधक क्षमता विकास गर्नु हो । यसलाई एन्टिमाइक्रोबियल प्रतिरोध पनि भनिन्छ ।
रौतहटको माधवनारायण नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रम बिच नगरपालिकाको नौ वटै वडाभित्र रहनुभएका ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको नगर प्रमुख बैजनाथप्रसाद यादवले बताउनुभयो ।
प्रेसको सामान्य अर्थ ‘छापा वा छपाइसँग सम्बन्धित’ भन्ने हुन्छ । आधुनिक सन्दर्भमा यसको अर्थ विस्तारित भई ‘समग्र पत्रकारिता’ को पर्याय बनिसकेको छ । यसर्थ, अखबार मात्र नभई रेडियो, टेलिभिजन र अनलाइन मिडिया
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।