• १२ असोज २०८२, आइतबार

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त

blog

अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिँदै नेपाल बिमा प्राधिकरणको अध्यक्ष जनकराज शर्मा । तस्बिर : मन्त्री खनालको सचिवालय

काठमाडौं, असोज १० गते । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुनु भएका जनकराज शर्माले आज शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

उहाँलाई नेपाल सरकार मन्त्रिपरिषदको असोज ९ गतेको बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।