जुम्लाको तातोपानी गाउँपालिकाले वैशाख २२ गते महोत्सव सञ्चालन गर्ने भएको छ । स्थानीय परम्परा तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्ने भएको हो । महोत्सवमा स्थानीय कला सांस्कृति झल्कीने प्रस्तुती मात्र देखाइने छ ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर यसको दायरा फराकिलो गर्दै विस्तार गर्ने योजना अघि सारेको छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै रा
तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा आउन थालेपछि अहिले कुवाको तथ्याङ्क छैन । कुवा पँधेरा छाडेर धारामा आइपुग्दा मुहान सुक्न थालेपछि जिल्लाभरि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको छ ।
स्याङ्जाका पाँच पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ११ पालिका रहेको स्याङ्जाका अन्य पालिकामा पनि पूर्णखोपको अभियानमा रहेका छन् ।
नेपालको संविधानले प्रत्याभूत गरेका ३३ मौलिक अधिकारमध्ये धारा २७ मा उल्लेख गरिएको सूचनाको हक पनि एक हो । यसले नागरिकलाई सार्वजनिक सरोकारका विषयमा सुसूचित हुने अधिकार प्रत्याभूति गरेको छ । यो अधिकारबारे सं
विश्व राजनीतिक घटनाक्रमको प्रभावले विश्वम प्रेस जगत् अत्यन्तै खराब स्थितिबाट गुज्रिरहेको छ । नेपालमा पनि विभिन्न समूहले गरेको आन्दोलनका कारण नेपाली प्रेस जगत भयरहित र सुरक्षित रहन सकेन । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (
जिल्लाको नरहरिनाथ गाउँपालिका–१ मा निर्माण सम्पन्न भएको सुनथराली विमानस्थल औपचारिक उद्घाटन भएको १४ महिना पुगेको छ । करिब ३७ वर्ष लगाएर निर्माण सम्पन्न भएको विमानस्थल उद्घाटन भए पनि हवाईजहाज आएको छैन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पाको त्रिबेणि गाउँपालिकामा एमबिबीएस चिकित्सक पठाउने भएको छ ।
प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलनमा ४६ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । सरकार र लगानीकर्ताहरुबिच ती परियोजना सञ्चालन गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा शुक्रबार साँझ हस्ताक्षर भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह गर्नुभएको छ । एकहप्ते भारत भ्रमणको क्रममा बिहीबार दिल्लीमा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहसँगको भेटवा
आज ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
दार्चुलाका सामुदायिक विद्यालयमा शुव्रmबारदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्ने कार्य एकसाथ सुरु भएको छ । विभिन्न माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षक र सरकारबिच सहमति भएसँगै जिल्लाका नौ वटै स्थानीय तहमा एकसाथ नयाँ शैक्षिक सत्रको गतिविधि सुरु भएको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपियाँ ०४ पैसा र बिक्रीदर १३५ रूपियाँ ६४ पैसा कायम भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गर्नुभएको छ ।
चितवनको टिकौली जङ्गलमा वन्यजन्तुसँगै अन्य गतिविधि निगरानी गर्न राखिएको सिसी क्यामरा बिग्रेको बर्सौं हुँदा पनि मर्मत गर्न कुनै निकायले चासो दिएको छैन । भरतपुर महानगरपालिकाको पूर्वी क्षेत्र गोन्द्राङदेखि टिकौली जङ्गल हुँ