अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेको छ । सो प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले सो प्रणालीको सुभारम्भ गर्नुभयो ।
१९५८ वैशाख २४ : राणा प्रधानमन्त्री श्री ३ देवशमशेरको आदेश अनुसार गोरखापत्रको प्रकाशन सुरु । १९६४ भदौ ४ : नेपालका प्रथम वैज्ञानिक गेहेन्द्रशमशेरको विष खुवाएर हत्या । १९६८ : श्री ५ पृथ्वीवीरविक्रम शाहको निधन, युवराज त्रिभुवनको राज्यारोहण ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा पश्चिम नवलपरासीमा क्षति पुगेका सरकारी तथा निजी संरचनाको आज अनुगमन गर्नुभएको छ।
चाडपर्व नजिकिँदै गर्दा धादिङमा बजार अनुगमन तीव्र पारिएको छ । चाडपर्वलाई लक्षित गरी जिल्ला बजार अनुगमन समिती धादिङले बजार अनुगमनलाई तिब्र पारेको हो।
तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र । सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिँदै हिँडिरहेका एक व्यक्ति देख्ने गर्छन् । यसरी घस्रिएर जीवन धानिरहनुभएका महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री हुनुहुन्छ ।
'जय श्री हारती माँ' दाफा भजनको भिडियो सार्वजनिक भएको छ ।
अविरल वर्षासँगै मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण उत्तरदक्षिण कोशी राजमार्ग करिब एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ।
पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ५ बालापुर बस्ने ४७ वर्षीया किशोरीलाल थारू सालकको खपटा सहित पक्राउ परेका हुन् ।
नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलाएर मुलुकलाई गतिहीन बनाउने प्रयास भइरहेको बताउनुभएको छ । मुलुकलाई गन्तव्यहीन बाटोमा लैजान खोज्नेहरुप्रति सचेत रहन उहाँले आग्रह गर्नुभएको छ ।
जिल्लाको छायानाथ रारा नगरपालिका –१० घट्टलेख गाउँका कृष्णबहादुर सेजुवालले जागीरसँगै स्याउखेती गर्नुहुन्छ । अहिले उदाहरणीय कृषक बन्न सफल हुनुभएका उहाँ वार्षिक ११ लाख रुपियाँ स्याउ बेचेर आम्दानी गर्न सफल हुनुभएको छ ।
निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्याउँदै आउनुभएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका –९ पामचोकस्थित सरस्वती सदन आधारभूत विद्यालयका विद्यार्थीलाई एक संस्थाले कपडा, झोलासहित शैक्षिक सामग्री वितरण गरेको छ ।