नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो ।
चाडपर्वलाई लक्षित गरी सल्यानमा बजार अनुगमन तीव्र बनाइएको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा ७२ हजार ४८० रुपियाँ मूल्य बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको हो ।
सप्तरीको बोदेबर्साइन नगरपालिकामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।नगरपालिका– ९ स्वर्णपट्टी टोल घर भएका ५० वर्षीय हंसलाल यादवको पोखरीमा डुबेर मुत्यु भएको हो ।
लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दसैँको रौनक मात्र बढाएको छैन, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ ।
खराब मौसम र जेनजी आन्दोलनका कारण बन्द रहेको पोखरा–जोमसोम हवाई उडान शुक्रबारदेखि पुनः सुरू भएको छ । वर्षायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमले रोकिएको उडान भर्न सुरू गरेको हो ।
हेटौँडा उपमहानगरपालिका–८ कमानेबाट एक बालक बेपत्ता हुनुभएको छ । मकवानपुरगढी गाउँपालिका–७ कुसौरा घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमानेमा कोठा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले बिहीबार बिहानबाट सम्पर्कविहीन हुनुभएको हो ।
गुल्मीको सत्यवती गाउँपालिकाका ४३ खाद्य, डेरी, मासु पसल र होटलहरु संयुक्त अनुगमन गरिएको छ ।
नवयुवा पुस्ता (जेनजी) को नेतृत्वमा सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ सुरु भएको छ।
दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका ठुला चाडपर्व नजिकिँदै गर्दा तनहुँका बजारहरू अहिले चहलपहलले भरिएका छन् । केही दिनअघिसम्म शान्तजस्तो देखिने सदरमुकाम दमौलीलगायतका व्यापारिक केन्द्रहरूमा हाल दैनिक रूपमा ग्राहकको भीड बढ्दै गएको छ ।
पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते हुनुभएको छ ।
गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
दसैँको बेला पनि मर्मत हुन नसकेको कालीकोटको ग्रामीण सडक । नजिकिँदै गर्दा कालीकोटका ग्रामीण सडक अझै पनि जीर्ण छन् । सडक मर्मत र सुधार नगरेकाले दसैँमा घर जाने यात्रुलाई दैनिक
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
जेनजी समर्थक समूहको माग सम्बोधन गर्न यहाँको बेलौरी नगरपालिकाले सर्वपक्षीय वार्ता टोली गठन गरेको छ ।