बागमती प्रदेश सरकारमातहतको हेटौँडा अस्पतालमा औषधी खरिदलगायत बजेट खर्चमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले अनुसन्धान थालेको छ । अख्तियार
बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हाते कागज उद्योग पछिल्लो समय सङ्कटमा परेका छन् । बिक्रीका लागि जिल्लामै बजार नपाउनु तथा स्थानीय तहले अनुदानका कार्यक्रम नहुँदा पछिल्लो समय जिल्लामा सञ्चालन हुँदै आएका नेपाली हाते कागज उद्योग सङ्कटमा पर्न थालेका हुन् ।
२०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पका कारण ध्वस्त भएका घरमा १० वर्षमा ८८ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । त्यसबेला जिल्लाका ९० हजार ९०४ लाभग्राहीको घरमा क्षति पुगेको थियो ।
नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्नेगरी दलको बैठक बस्ने तय भएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँचका लागि अपाङ्गतामैत्री संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
जिल्ला अदालत काठमाडौँले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यविभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शुक्रबार साँझ शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो।
सरकारले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो।
सरकारले व्यावसायिक वातावरण सुधार गर्न अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका आधारमा उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गर्ने भएको छ ।
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई दाजुभाइ मृत फेला परेका छन् । आज बिहान १० बजे घरबाट खाना खाएर हिडेका दाजुभाइ साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् ।
सरकारले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गर्नेभएको छ।
सरकारले सबै नेपाली नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गर्ने भएको छ। शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा खानेपानी र सरसफाइ क्षेत्रमा दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि लगानी वृद्धि, सेवा दक्षता, प्रभावकारिता र सुशासन कायम गर्ने उल्लेख गर्नुभयो।
सरकारले एकीकृत समाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ पार्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गर्ने घोषणा गर्नुभएको हो।