सरकारले एकीकृत समाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ पार्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गर्ने घोषणा गर्नुभएको हो।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकार एक्लैले मात्र जनअपेक्षाअनुसार काम गर्न नसक्ने भन्दै सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
भारतका विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
शनिबार र आइतबार नेपालगन्जमा आयोजना गरिने नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौँ केन्द्रीय महाधिवेशनको तयारी पूरा भएको जनाइएको छ।
गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनामा सशस्त्र प्रहरीले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभएको छ। उहाँले सो कुरा सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
राष्ट्रिय सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको शुक्रबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।
सरकारले स्नायु रोगको उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारणका मामलामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा रहेकामा सरकारले आगामी दुई वर्ष सबैखालका अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्ने नीति लिएको छ ।
प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।
राप्ती साहित्य परिषद् दाङको वार्षिकोत्सवको अवसरमा प्राडा. बाबुराम आचार्यसहित २४ जना श्रष्टा पुरस्कृत एवम् सम्मानित हुनुभएको छ ।
सरकारले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै इरानी टोली सेमिफाइनलमा पुगेको हो ।
सरकारले राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाइ राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गर्ने भएको छ ।
ताप्लेजुङका सामुदायिक विद्यालयहरू शुक्रबारदेखि खुलेका छन्। नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण बन्द रहेका सामुदायिक विद्यालय खुल्न थालेका हुन् । विद्यालय खुलेसँगै विद्यार्थी भर्ना अभियान र पठनपाठनको क्रियाकलाप सुरु भएको विद्यालयहरुले जनाएका छन् ।