अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्थाहरूलाई पक्षपाती भएको आरोप लगाउँदै बिहीबार एनपिआर र पिबिएसको सार्वजनिक कोष कटौती गर्न खोज्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
ट्रम्प प्रशासनले बिहीबार सर्वोच्च अदालतलाई तीन लाख ५० हजार भेनेजुएलालीबाट अस्थायी कानुनी सुरक्षा हटाउन आग्रह गरेको छ । यसले उनीहरूलाई निर्वासनको जोखिममा पार्न सक्छ ।
नवलपरासी पश्चिमको सरावल गाउँपालिकाले डुबान नियन्त्रण गर्न धनेवा खोलाको तटबन्ध मर्मत कार्य अगाडि बढाएको छ । बर्सेनि झेल्दै आएको सरावल गाउँपालिका –६ मा रहेको धनेवा खोलाबाट बस्ती डुबान र कटानको समस्यालाई नियन्त्रण गर्न तटबन्ध मर्मतको काम अघि बढाइएको हो ।
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपिआर)बारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ ।
बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट दिइने कुनैपनि सुविधा नदिने बताउनुभएको छ ।
विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
२०७४ चैत २९ गते गजुरमुखी निर्माण सेवाले सडक डिभिजन कार्यालय बाँकेसँग ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण पनि सडकले पूर्णता पाउन नसकेको हो ।
गुर्जा चुरेन र धौलागिरि हिमालको लस्करलाई नजिकबाट देख्न सकिने म्याग्दीको पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’ को छायाङ्कन सुरु गरिएको छ । धवलागिरि गाउँपालिका–७ ताकमगाउँ धौलागिरि पदमार्गअन्तर्गत पहिलो पर्यटकीय बस्तीका रुपमा परिचित छ ।
बागमती प्रदेश युवा परिषदले आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म ‘प्रदेश युवा सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ । गत २०८० सालदेखि निरन्तर आयोजना हुँदैआएको यो सम्मेलन परिषदको तेस्रो शृङ्खला हो ।
पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्ड छिर्कन, बेलभन्ज्याङ, नाहाला क्षेत्रमा ४ लेन सडक विस्तारसँगै चिटिक्क देखिएको सडक ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
उत्तरमा सेता हिमाल छ । समथर रेमी गाउँमा टम्म परेको घर छन् । शान्तिपुर बजारबाट निस्कएपछि नजिकैको रेमी गाउँ पुगिन्छन् । रेमीको थाप्लोमा आर्कषक टिमुरे ताल छ ।
गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपदमा उद्दार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताउनुभएको छ ।