१२ करोड रुपियाँको लागतमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ ।
सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।
बिहीबार परेको असिना पानीले रोल्पाको त्रिवेणी गाउँपालिकामा लगाइएको तरकारी बालीमा क्षति पुर्याएको छ ।
गुल्मीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । आन्दोलनरत शिक्षक र सरकारबिच सहमति भएपछि उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण गर्नका लागि अभिमुखिकरण गरिएसँगै उत्तरपुस्तिका परीक्षणको कार्य थालिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गर्नुभएको छ ।
जिल्लामा पछिल्लो समय रक्तदान गर्ने व्यक्ति बढ्दै गएका छन् । विभिन्न सामाजिक सङ्घ संस्थाहरूले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्न थालेका हुन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा निर्माणाधीन “राष्ट्रकवि माधव घिमिरे पार्क” र शालिक अनावरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल लमजुङ आउनुहुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ ।
आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पु-याएपछि अन्य संरचना निर्माण थालिएको हो ।
केशव राज भट्ट बैतडी, वैशाख १९ गते । बैतडीका २० हजार ८३ परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । अहिलेसम्म २० हजार ३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध रहेको स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका दस ओटै स्थानीय तहमा संयोजन समिति गठन गर्ने कामसमेत भइरहेको बडालले बताउनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा यसअघि नै स्वास्थ बिमा संयोजन समिति गठन भइसकेको छ । बाँकी पालिकाहरूमा पनि समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।अहिले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा स्वास्थ्य बिमा संयोजन समिति गठन गर्न लागिएको बडालले बताउनुभयो । सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान रहेको छ । स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बिमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य बिमामा आबद्ध हुँदा ५ जनासम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक वर्षका लागि १ लाखसम्मको उपचार सुविधा पाउने बडालले बताउनुभयो । स्वास्थ्य बिमाको सेवा निरन्तर रूपमा पाउन हरेक वर्ष बिमा नवीकरण गर्नुपर्ने प्रावधान छ ।५ जना भन्दा बढीको स्वास्थ्य बिमा गर्न चाहे प्रति सदस्य थप सात सय रुपियाँका दरले प्रिमियम तिर्नुपर्ने र उहाँहरूले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने प्राबधान रहेको बडालले बताउनुभयो । हालसम्म बिमा गरेको तीन महिनापछि मात्रै लागु हुने गरेको स्वास्थ बिमा अबदेखि तुरुन्तै लागु हुने भएको छ ।बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर स्वास्थ्य केन्द्र मेलौलीमा स्वास्थ्य बिमाका बिरामीले सेवा पाउने व्यवस्था छ । जिल्लामै तीन ठाँउबाट स्वास्थ्य सेवा प्रवाह भएपछि दुर्गमका नागरिकलाई सेवा लिन सहज भएको छ । सहजै परिवारका पाँच जनासम्मको उपचार गर्न मिल्ने भएकाले २०७६ सालदेखि स्वास्थ्य बिमामा आबद्ध रहेको पाटन नगरपालिका ६ का लालसिंह विष्टले बताउनुभयो ।गरिब तथा विपन्न नागरिकको लागि स्वास्थ्य बिमा धेरैनै प्रभावकारी रहेको र पुजीमा नभएको अवस्थामा पनि ढुक्क भएर उपचार गर्न मिल्ने भएको हुँदा ज्यादै खुसी लागेको पन्चेश्वर गाउँपालिका ३ का कालु जोशी बताउनुभयो ।रोजगारी नभएका, एकल महिला, विपन्नलाई तथा खर्च नभएर उपचार गराउन नसक्नेका लागि स्वास्थ्य बिमा साहारा बनेको दशरथचन्द नगरपालिका ६ का नारायणदत्त जोशीले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगन्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ ।
काठमाडौँ, वैशाख १९ गते । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथको पूजाआजा गर्नेको भीड लागेको छ ।रथलाई पुलचोकबाट तानेर बिहीबार गाःबहाल पुर्याइएको थियो । आज बिहान गाःबहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुलचोक, गाःबहाल, सुनधारातर्फ महाबौद्ध र चाकु बहाल हुँदै लगनखेल, पोडे टोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पुर्याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ । यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिनबाट रथयात्रा सुरु गरिएको हो । आज शुक्रवार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड छ ।
काठमाडौँ, वैशाख १९ गते । आर्थिक वर्ष २०८२–०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ ।शुक्रवार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद् भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो । तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद् सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो । नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले बताएको छ ।
उक्त कार्यालयकी सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधान परीक्षण गरिएको हो ।