• ९ असोज २०८२, बिहिबार

जेनजी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

blog

राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ, असोज ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुने बताउनुभएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि सशक्त कानुनी कारबाही गर्ने बताउनुभएको हो । 

प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै निर्वाचनमा भाग लिन दललाई आग्रह गर्नुभयो । 

उहाँले विदेशमा रहेका नागरिकलाईसमेत मतदानको व्यवस्था गर्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारीसमेत गराउनुभएको छ । प्रधानमन्त्री कार्कीले आन्दोलनकाक्रममा नेताहरुका घरमा भेटिएको रकमका सम्बन्धमासमेत छानबिन सुरु भएको जानकारी गराउनुभएको छ ।