• २३ वैशाख २०८३, बुधबार

माओवादी बैठकमा नेताहरूको बोल्ने क्रम जारी

blog

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठकका सहभागी । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौं, असोज १० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा जारी छ।

बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीहरूले धारणा राख्ने क्रम जारी छ । 

यो समाचार तयार पर्दासम्म बैठकमा नन्दकिशोर पुन, वर्षमान पुन, पम्फा भुसाल, देवप्रसाद गुरुङलगायतका वक्ताहरूले आ–आफ्नो धारणा राखिरहनुभएको छ ।