• १२ असोज २०८२, आइतबार

“कंबोडियाको आर्थिक वृद्धिमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान”

blog

फ्नोम पेन्ह, असोज १० गते । पछिल्ला ३० वर्षमा पर्यटन क्षेत्र कंबोडियाको आर्थिक विकासमा एक प्रमुख आधार स्तम्भको रूपमा स्थापित भएको छ । प्रधानमन्त्री हुन मानेटका अनुसार, देशमा शान्ति, राजनीतिक स्थिरता, सुरक्षा र राम्रो सामाजिक व्यवस्थाका कारण कंबोडिया एक सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

सन् २०२४ मा देशले ६.७ लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २२.९ प्रतिशतले वृद्धि हो । सोही वर्ष पर्यटन क्षेत्रबाट ३.६३ अर्ब अमेरिकी डलर राजस्व आर्जन गरिएको थियो, जसले सकल घरेलु उत्पादन (जीडीपी) मा ९.४ प्रतिशत योगदान पुर्यायो र झण्डै ५.१ लाख रोजगारी सिर्जना गर्यो । 

सन् २०२५ को पहिलो आठ महिनामै ४.०५ लाख पर्यटकले कंबोडिया भ्रमण गरिसकेका छन् । प्रधानमन्त्रीले पर्यटन क्षेत्रले भविष्यमा पनि रोजगारी सिर्जना, आम्दानी वृद्धि, सांस्कृतिक संरक्षण तथा वातावरण र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

कृषि, गार्मेन्ट तथा निर्माण क्षेत्रसँगै पर्यटन पनि कंबोडियाको आर्थिक संरचनाको मुख्य आधार हो। साथै, विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल र ४५० किलोमिटर लामो सुन्दर समुद्री तटले कंबोडियालाई पर्यटकको लागि झनै आकर्षक गन्तव्य बनाएको छ । रासस/सिन्ह्वा