• ११ असोज २०८२, शनिबार

पौडी खेल्ने क्रममा दिदीबहिनीको खोलामा बगेर मृत्यु

blog

पौडी खेल्ने क्रममा बगेर निधन भएका मिनाकुमारी सिंह र गीताकुमारी सिंह । फाइल तस्बिर

वासुदेव शर्मा  

जाजरकोट,  असोज १० गते । जाजरकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको मृत्यु भएको छ ।

कुशे गाउँपालिका–७ समाकोटस्थित धनबहादुर सिहकी १८ वर्षीय छोरी मिनाकुमारी सिह, १५ वर्षीय छोरी गीताकुमारी सिंहको समाकोटस्थित खुर्पा खोलाम पौडी खेल्ने क्रममा बगेर मृत्यु भएको हो । 

शुक्रबार दिउँसो साढे ४ बजेको समयमा पौडी खेल्ने क्रममा  बहिनी बग्न थालेपछि दिदीले बचाउन खोज्दा दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले बताउनु भयो ।  प्रहरी र स्थानीयबासीले करिब दुई सय मिटर तल शव फेला परेका हुन् ।