माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका (ग्रेड वृद्धि) परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको छ । दसैँअघि नै परीक्षाफल सार्वजनिक गर्नुपर्ने दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले शनिबार सा
वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
एकाबिहानै एक जोडीले संगै कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । हुम्लाको चंखेली गाउँपालिका ४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घुसपैठका कारण यहाँको पुनर्वास नगरपालिकाले साढे पाँच करोड बढीको क्षति बेहोर्नुपरेको छ ।
सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ भन्ने खोजी सुरु भएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा आज पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो असोज २६ गते आइतबार बस्ने भएको छ ।
पाकिस्तान र साउदी अरेबियाबीच यसै महिना हस्ताक्षर भएको नयाँ रक्षा सम्झौताले क्षेत्रीय शक्तिसन्तुलनबारे व्यापक प्रश्न खडा गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो।
मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ। तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ।
संयुक्त राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गर्नु भएको छ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सार्वजनिक बिदाका दिनमा पनि आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्ने भएको छ । दशैं अवधिको सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने भएको हो ।