लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेललगायत सञ्चार सम्बद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ ।
नेपालगन्जमा सम्पन्न भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनले बाँकेका मोहम्मद हारुन हलवाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
मकवानपुरमा कुरिलो टिप्न जाँदा लडेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो मकवानपुरपुरगढी गाउँपालिका –५ बस्ने ५२ वर्षीय कप्तान रुम्बाको लडेर मृत्यु भएको हो ।
नारायणी अस्पताल, वीरगञ्ज पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जय कुमार ठाकुरसहित नौ जनाविरुद्ध एक करोड ८४ लाख ३८ हजार ४५८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देशको अर्थतन्त्रमा अपेक्षाकृत सुधार आउन नसकेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
पाँचथरको सिरिजङ्गा मा.वि गोपेटारमा प्रश्नपत्र पिन्ट गर्न कठिनाइ हुँदा कक्षा १२ को परीक्षा सुरु गर्न ४५ मिनेट ढिला भएको छ।आइतबार सुरु भएको परीक्षाको पहिलो दिन परीक्षा नियन्त्रण कार्यालयबाट आएको प्रश्नपत्र प्रिन्ट गर्न ढिलाई हुँदा परीक्षा ४५ मिनेट ढिलो मात्रै सुरु भएको परीक्षार्थीले जनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकमा आगामी आर्थिक वर्षको सन्दर्भमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। उहाँले बैठकमा नेताहरुले बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा जोड दिएको बताउनुभयो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने प्रमुख दायित्व मिडियाजगत्कै रहेको बताउनुभएको छ। राष्ट्रिय समाचार समिति (रासस)ले प्रकाशन गरेको फोटो पुस्तक बुझेपछि आज उहाँले सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा नकारात्मक सोच छाएकाले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने बताउनुभएको हो।
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया) , २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफल भएको छ। समितिले आज यहाँ उक्त विधेयकका व्यवस्थामाथि बैङ्किङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी छ ।
विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र इरानको टोली भिड्ने भएका छन् ।
नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधीले अहिलेको लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई रहेको बताउनुुभएको छ।
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।