• ११ असोज २०८२, शनिबार

पालुङटारमा हाटबजार आयो सञ्चालनमा

blog

पालुङटार नगरपालिका –४ बाह्रपिर्के बजारमा सञ्चालनमा आएको हाटबजार ।

गुणबहादुर रोका 

सुलीकोट, असोज ११ गते । गोरखाको पालुङटार नगरपालिका –४ बाह्रपिर्के बजारमा हाट बजार सञ्चालनमा आएको छ । पालुङटार नगरपालिकाले असोज ११ गते शनिबार बिहान हाटबजार सञ्चालनमा आएको पालुङटार नगरपालिकाका नगर प्रमुख बिबश चिन्तनले जानकारी दिनुभयो । 

उहाँका अनुसार पालुङटार नगरपालिका भित्रका ग्रामीण भेगका किसानले उत्पादन गरेका कृषि उत्पादनलाई बजारसम्म पहुँच बिस्तार गर्दै उपभोक्तलाई सस्तो तथा ताजा उत्पादन उपलब्ध गराउने उद्देश्यले नगरपालिका अन्तर्गत स्थानीय हाटबजार सञ्चालन तथा ब्यबस्थापन समितिमार्फत हाटबजार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । 

बाह्रपिर्के बजारको चौरमा प्रत्येक शनिबारको दिन हाटबजार सञ्चालन गर्छौ, नगर प्रमुख बिबश चिन्तनले भन्नुभयो, ‘नगर क्षेत्रभित्र उत्पादित तरकारी फलफूल, अन्नबाली, जडीबुटी, मसला, कुखुरा, खसीबोका लगायतका कृषिउपजहरु त्यहा लगेर बेच्छौ ।’ 

नगरपालिकाभित्र स्थानीय उत्पादन बृद्धि गर्दै किसानलाई कृषि कर्म गर्न उत्पेरित गर्दै आयआर्जनमा समेत टेवा पुगोस् भन्ने मुख्य उद्देश्यले नगरपालिकाको योजनमा हाज बजार सञ्चालनमा ल्याइएको लागिएको पालुङटार नगरपालिकाले जनाएको छ ।

नगरभित्रका किसानहरुले उत्पादन गरेका कृषिउपजहरु हाटबजारमा लगेर बिक्री गर्ने गरिन्छ, नगर उपप्रमुख बन्दना पाण्डेले भन्नुभयो, ‘किसानको बिक्री नभएका कृषिउपजहरु नगरपालिकाले किनिदिने ब्यबस्था गरिएको उहाँको भनाइ छ ।’ 

हाजबजारमा स्थानीय किसानलाई निःशुल्क स्टलको ब्याबस्था गर्नुको साथै कृषिउपजहरु सबैभन्दा बढी बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप नगरपालिकाले १०० प्रतिशत अनुदानको पनि ब्याबस्था गरिने नगरपालिकाका नगर प्रमुख बिबश चिन्तनले बताउनुभयो ।