झेनपिङ, शानक्सी, असोज ११ गते । चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ ।
बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुर मर्मत सम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षितरूपमा बाहिर निस्कन सफल भए भने तीन जना सुरुङभित्र फसेका थिए । शनिबार बिहान १ः२० बजे उद्धार गरिएका ती तीनै जनाको चिकित्सा टोलीले मृत्यु पुष्टि गरेको छ ।
यो खानी सन् १९९८ मा निर्माण गरिएको थियो र मार्च सन् २०२४ देखि सुरक्षा कारणले मर्मत कार्यको क्रममा थियो । प्रारम्भिक जाँच अनुसार लगभग ५०० घनमिटर मलबा खसेर सुरुङ भत्किएको छ । अहिले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा