• १२ असोज २०८२, आइतबार

उद्योग प्रवर्धनमा सरकार प्रतिबद्ध

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । उद्योग, वाणिज्य तथा आपूर्ति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना स्वदेशी उद्योगको प्रवर्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको छलफलका व्रmममा मन्त्री सिन्हाले आफू छोटो समयका लागि यो जिम्मेवारीमा रहे पनि रहेका बखत सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्रीले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अङ्गीकार गरेको जानकारी दिँदै यस्तो प्रयोगले रोजगारी सिर्जना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयात तीव्रता घटाउने अपेक्षा गरिएको बताउनुभयो । मुलुकको पुनर्निर्माण तथा मर्मतका काममा स्थानीय स्रोतसाधन र स्वदेशी सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी निर्वाचनका लागि जेजति वस्तु आवश्यक पर्छ, स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरेको बताउनुभयो ।

सार्वजनिक निकायको खरिद प्रव्रिmयामा स्वदेशी उत्पादन प्राथमिकतामा रहेको भन्दै उहाँले विशेष गरी फर्निचर, निर्माण सामग्री एवं पुनर्निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागु गरिने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले बैङ्कको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमी ऋण तिर्न असमर्थ रहेकाले ब्याजदर घटाउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानकर्षण गराउनुभयो । उहाँले यस्ता उद्योगका हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पु¥याउनुपर्ने र दुई÷तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराउनुभयो ।

स्वदेशी उत्पादनलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औँल्याउँदै उहाँले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने बताउनुभयो । निर्यात प्रवर्धनका लागि प्रोत्साहन तथा प्रव्रिmया सरलीकरण आवश्यक भएको भन्दै उहाँले ठुला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवासुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।