गुल्मीमा ३३ हजारभन्दा बढी नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।
विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ ।
दाङमा पहिलो पटक एउटै थलोमा प्राज्ञिक तथा अनुसन्धानमूलक २२ वटा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक रुपमा कार्यक्रम सम्पन्न भएको छ ।
धनगढीमा बेपत्ता भएकी बालक मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि आइतबार ‘ट्राफिक वाक’ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसले परम्परागत रूपमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।
बाँकेको दुर्गम र विकट क्षेत्र मानिने राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा डिजिटल प्रणाली सुरु गरेर जिल्लामा मात्र नभई प्रदेशमै नमुना बन्न सफल भएको छ ।
बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
झण्डै १२ किलो लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिका–७ कमानबाट ती महिलाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोलनका क्रममा गत २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउनुहुन्छ ।
यति बेला दसैँ मनाउन आ–आफ्नो घर जानेहरुको भिड बढेको छ । अन्य समयमा खासै आउजाउ नहुने कालीकोटका ग्रामीण सडकमा दसैँको समयमा घर फर्किने र तिहार मनाएर कार्यक्षेत्र तिर फिर्ता हुनेहरुको भीडले यात्रा निकै कष्टपूर्ण हुने गरेको छ ।
बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटी स्क्यान डेढ वर्षदेखि बिग्रिएर थन्किएको छ । करिब १८ महिनादेखि सिटी स्क्यान नचल्दा
नेपाली समाजमा दसैँसँगै आउने अर्को प्रतीक्षा पिङ हो । पिङले बालबालिका, युवादेखि वृद्धवृद्धासम्मलाई आकर्षित गर्दै आएको छ । पिङ नेपाली संस्कृतिको परम्परा हो । पुर्खादेखि नेपाली संस्कृतिको
मुस्ताङ उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरिएको छ । आर्थिक तथा पर्यटनको हब बन्दै गएको मुस्ताङका व्यवसायीलाई एकजुट बनाउन राजुप्रसाद लालचलको अध्यक्षतामा बनेको समितिको सचिवमा तिलक विक, कोषाध्यक्षमा विष्णु शेरचन र सदस्यमा गणेश शेरचन, योगेश शेरचन, विनोद विसी र निशान तुलाचन रहनुभएको छ ।