सुधा देव
भारदह(सप्तरी), असोज १२ गते । सप्तरीको अग्नीसाइर कृष्णाासवरण गाउँपालिकाका जनप्रतिनिधिहरूको राजिनामाको माग गर्दै स्थानीय गाउँपालिकाको कार्यालयको अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्।
गाउँपालिका चलाउन असक्षम रहेको आरोप लगाउँदै जनप्रतिनिधिहरूको राजिनामाको माग गर्दै उनीहरू गाउँपालिकाको अगाडि प्रदर्शन गर्दै धर्नामा बसेका हुन् । जडिया गाउँपालिका अध्यक्ष राजिनामा दे, सुशासन कायम गर, भ्रष्ट अध्यक्ष राजिनामा दे,सरकारी गाडी फिर्ता गर लगायत नारा लगाउदै स्थानीयले टायर बालेर प्रदर्शन गर्दै धर्नामा बसेका हुन् ।
बेथिति विसंगति विरूद्ध संघर्ष समितिका सचिव मिलन कुमार चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले जनप्रतिनिधिहरू असक्षम भएकोले जनप्रतिनिधिहरूले राजिनामा दिनुपर्ने, जनप्रतिनिधि र कर्मचारीमाथि छानबिन गरि कारबाही गर्नुपर्ने लगायत माग राखि अनिश्चितकालीन धर्नामा बसेको संघर्ष समितिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो।
दसैँ जस्तो चाडपर्वमा समेत कर्मचारीलाई तलब खुवाउन नसकेको आरोप लगाउँदै गाउँपालिका चलाउन जनप्रतिनिधिको कुनै योग्यता र क्षमता नरहेकोले तत्काल राजिनामा गर्नुपर्ने संघर्ष समितिको माँग रहेको छ ।
गाउँपालिकामा कामभन्दा पनि भ्रष्टाचार गर्ने आखाडा बनेको ले जनप्रतिनिधिले राजिनामा नदिएसम्म आन्दोलन जारी राख्ने उहाँले बताउनुभयो । आन्दोलनका कार्यक्रम तथा धर्नामा स्थानीय बिभिन्न राजनीतिक दलका जनप्रतिनिधि,जेनजी पुस्ता, पूर्व जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको छ । यस विषयमामा जानकारी लिन गाउँपालिकाको उपाध्यक्ष कल्पना चौधरीलाई फोन गर्दा उहाँको फोन उठेन ।