• १३ असोज २०८२, सोमबार

कुशे गाउँपालिका अध्यक्षमाथि आक्रमण

blog

अध्यक्ष बस्नेतलाई बचाउन गएका दुई घाइते युवाहरु । तस्विरः वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, असोज १२ गते । जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि साङ्घातिक हमला भएको छ । कुशे गाउँपालिकाबाट सुर्खेत जादैगरेका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुका करिव ६ बजेतिर छेडागाड नगरपालिका ५ चंङ्खेलीमा आक्रमण भएको हो । 

अध्यक्षलाई आव्रmमण भएपछि बचाउन गएका कुशे गाउँपालिका ४ का नवराज शाही र दिपेन्द्रसिंह गम्भीर घाइते भएका छन् । घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकबहादुर विकले अध्यक्षलाई सामान्य चोट लागेको छ । शाही र सिंहलाई चक्कु प्रहार गरेकाले गम्भीर घाइते भएका छन् । अध्यक्षसहितको टोलीलाई कुशे गाउँपालिका ४ का नवराज शाही, प्रकास बस्नेत, रामु बस्नेतले चक्कु प्रहार गरेको बताउनुभयो । 

अध्यक्षको टोलीलाई आव्रmमण गरी फरार रहेका उनीहरुको खोजी कार्य जारी राखेको छ । छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिकामा सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी बसन्तकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार अध्यक्ष बस्नेत आफैले घाइतेलाई उपचारका लागि नेपालगञ्ज लग्नुभएको छ ।