गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिनुभयो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा तानसेन नगरपालिका जिल्लामै पहिलो बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको लिजा नतिजामा तानसेन नगरपालिका पाल्पा जिल्लामै उत्कृष्ठ बनेको हो ।
हेटौँडा उपमहानगरपालिका–९ स्थित पशुपतिनगरस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हालपालिका भित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो ।
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरकारी अस्पतालको सेवा छाडेर अन्य निजी अस्पतालमा काम गर्न रोक लगाएको छ ।
बर्दिवास ३, गौरीडाँडास्थित बी.पी. राजमार्गमा अवैध लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ ।
दुर्गम जिल्लाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सकस हुने गरेको छ । दुर्गमका स्थानीयले आफूलाई राष्ट्रिय परिचयपत्र बनाउन निकै कठिनाइ हुने गरेको बताएका छन् । सरकारले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र लिनुपर्ने निर्णय गरेपछि भौगोलिक विकटता, सूचना प्रवाहको कमी, आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति नपुग्दा ग्रामीण भेगका धेरै नागरिक अझै परिचयपत्र बनाउनबाट वञ्चित छन् ।
कोडिभ–१९ को नयाँ ‘ओमिक्रोन भेरियन्ट’का विरुद्ध दाङमा ११ हजार आठ सय २१ जना नागरिकले फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप लगाएका छन् ।
नेपाली कांग्रेस वा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीले जातीय पहिचानसहितको सङ्घीयताको माग पूरा नभए पनि जनसङ्ख्याका आधारमा शासनसत्तामा सहभागिताको माग जारी राख्नुपर्ने बताउनुभएको छ ।
कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराउनुभएको छ । सो नगरपालिकाको वडा नं. ४ मा रहेको जोगनिया तालको ठेक्काबाट सङ्कलन भएको पाँच लाख राजस्व नगरप्रमुख कँडेलको निजी मनकामना पेट्रोल पम्पको खाता जम्मा भएको पाइएको छ ।
रौतहटको गौर–गंगापिपरा सडक खण्डअन्तर्गत मुडवलवा गेट नजिकबाट शनिबार राति प्रहरीले फेला पारेको शङ्कास्पद सुटकेसमा महिलाको शव बरामद भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु समुदायको महत्वपूर्ण पर्व बड्का अट्वारीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै प्रदेशवासीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नजिता सार्वजनिक गरेको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । पोखरामा कति पर्यटक घुम्नका लागि आउने गरेका छन् भन्ने यकिन तथ्याङ्क कहीँकतै भेटिँदैन । यहाँ कुन देशका, कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क राख्ने सरोकारवाला निकायले ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हो । यद्यपि अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले आफ्ना योजना निर्माण र स्थिति मूल्याङ्कनका लागि केही तथ्याङ्क राख्ने गरेको छ । सङ्ग्रहालयले राख्ने गरेको विवरण झैँ अरू निकायले पनि राख्ने गरेको भए यथार्थ विवरण आउने हुन्थ्यो ।
गोरखामा लामो समयदेखि गोरखावासीलाई बैङ्किङ कारोबार गरी सहयोग गर्दै आएको प्रभु मनी ट्रान्सफर जिल्लाका सहकारी संस्थाको एक करोड रुपियाँ लिएर फरार भएको छ । जिल्लाभित्रका १६ वटा सहकारी संस्थाको पाउनुपर्ने एक करोड रुपियाँ लिएर प्रभु मनी ट्रान्सफर फरार भएको हो ।