मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ ।
रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ ।
सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।
भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भन्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।
कम्बोडियाले सीमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्कर’अवरुद्ध गर्ने आदेश जारी गर्नु भएको छ ।
अघिल्लो वर्ष रुकुमपश्चिमको मुसीकोट नगरपालिका-२ को विभिन्न सात स्थानमा किरियापुत्री ट्रस्ट निर्माणको योजना स्वीकृत भई नौ लाख ८० हजार रुपियाँ विनियोजन समेत भयो ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी १ मा नेपाली कांग्रेसबाट १३ जना उम्मेदवारका आकांक्षी देखिएका छन्।
बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको घरघरमै स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
कठ्याङ्ग्रिँदो चिसोसँगै मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीहरू सुनसान बन्दै जान थालेको बेला मङ्गलबार बेनी–जोमसोम–कोरला सडकबाट सवारीसाधनमा १६ सय ७ जना मुस्ताङ भित्रिए ।
बागमती प्रदेश सभाका विपक्षी दलहरूले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् ।
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरण तथा विकेन्द्रित सेवा प्रवाह सशक्तीकरण कार्यक्रमको सब–प्रोग्राम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो ।
नौबहिनी गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडकको स्तरोन्नती गर्न लागिएको छ ।
हिंसा पीडितहरुको उद्दार, मनोपरामर्श र पुनस्थापनामा बागलुङ नगरपालिकाले उदाहरणीय कार्य प्रस्तुत गरेको छ ।