लोकतान्त्रिक शासनव्यवस्थालाई विश्वमा लोकप्रिय एवं उत्तम मानिने हुँदा राजनीतिक दलको यस व्यवस्थामा विशेष योगदान रहन्छ । व्यवस्था एवं प्रणाली स्थापना र विकास गर्न राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भएकाले दललाई लोकतन्त्रको संवाहक मानिन्छ ।
पछिल्लो समय नेपाली पत्रकारितामा सतहीकरण बढ्नुका साथै प्रमाणीकरणको सङ्कट गहिरिँदै छ । समाचार सार्वजनिक गर्नुअघि त्यसको तथ्यगत पक्ष, स्रोतको विश्वसनीयता, कानुनी तथा सांस्कृतिक संवेदनशीलता, समय, सान्दर्भिकता आदि पक्षलाई परीक्षण गर्ने प्रवृत्ति घट्दो छ ।
सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका उखु किसानहरू आजबाट काठमाडौँमा केन्द्रित आन्दोलनका लागि जुटेका छन् ।
समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति ‘भो थी आन्ह जुआन’ ले अगस्त २३ मा नेपालको औपचारिक भ्रमणमा आउनुभएको छ ।
वर्षा मौसम भनेको पानीको मौसम मात्रै होइन, रोगव्याधिको मौसम पनि हो । वर्षा लाग्यो कि कीटजन्य रोग विशेषत डेङ्गुकै डर हुन्छ । पूर्वदेखि पश्चिमसम्म लामखुट्टेको बिगबिगी छ । डेङ्गु रोग फैलिई अस्पतालमा बिरामीको चाप बढेको छ । आफूलाई नपरी नचेत्ने नागरिकको बानीले ठुलो समस्या निम्त्याइरहेको छ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नयाँ पुस्तालाई साहित्य, संस्कृति, ज्ञानसँग जोड्दै लानुपर्नेमा जोड दिनुभएको छ । उहाँले साहित्य सन्ध्याद्वारा शनिबार आयोजित साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान समारोहलाई सम्बोधन गर्दै साहित्यमा नयाँ पुस्ताको संलग्नता नगण्य हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
पत्रकार एवं साहित्यकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, राजनीतिक विश्लेषक शङ्कर तिवारी, साहित्यकार अमर न्यौपाने, श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
निर्माण व्यवसायीसंघ गुल्मीको अध्यक्षमा हरिकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । आगामी पाँच वर्षका लागि श्रेष्ठले निर्माण व्यवसायीको नेतृत्व गर्नुभएको हो ।
सप्तरीमा ई सिटी रिक्साको ठक्करले एक बालकको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–७ स्थित बोदेबर्साइन देउरी भित्री सडक खण्डमा देउरीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको अन टेस्ट ई–रिक्साले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको महान् चाड बर्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
थारू बस्तीमा अट्वारीको रौनक छाएको छ । हरेक वर्ष थारू समुदायका महिलाहरुले मनाउने अस्टिम्की पर्व (जन्माअष्टिमी) पछिको दोस्रो आइतबारका दिन थारू समुदायले अट्वारी मनाउदै आएका छन् । अट्वारी पर्व थारू समुदायका पुरुषहरुले विशेष रुपमा मनाइने पर्व हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७६ पैसा र बिक्रीदर १४० रुपियाँ ३६ पैसा कायम भएको छ ।
सुनको कारोबारमा लगाइएको तहगत विलासिता कर हटेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनको कारोबारमा लगाइएको दुई प्रतिशत विलासित कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को साउनको तुलनामा चालु आव २०८२/८३ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनमा ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको सोही ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए ।