रौतहटको यमुनामाई गाउँपालिकामा अनियमितता एवम् भ्रष्टाचारविरुद्धमा वडाध्यक्षले आइतबार पाचौँ दिन पनि आमरण अनसन जारी राखेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।
कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन् ।
कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा शुभारम्भ गर्नुभएको थियो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ ।
जिल्लाको भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ ।
साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो ।
चन्द्रपुर नगरपालिकाको पुरानो बजार क्षेत्रमा व्यापारीले फुटपाथ मिचेर पसल थापेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या परेको अवस्थामा पनि स्थानीय निकाय मौन रहेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्वबन्धुत्व दिवस तथा राजयोगिनी प्रकारमणी दादीको १८औं पुण्यतिथिको अवसर पारेर अभियान सुरु गरेको छ । ‘रक्तदान गरौँ, जीवन बचाऔं’ नाराका साथ राजविराजस्थित सेवा केन्द्रले विशाल रक्तदान अभियान २०८२ सुरु गरेको हो ।
जयपृथ्वीबहादुर सिंह विश्व शान्ति र मानवतावादका प्रवर्तक मानिन्छन् ।
जानकी साहित्य पुरस्कार कवि तथा समालोचक डा. टङ्क पन्थलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार पन्थलाई प्रदान गरिएको हो ।
आठराई त्रिवेणी गाउँपालिका– २ फूलबारीका वडा अध्यक्षमाथि आक्रमण भएको छ । शनिबार बेलुकी वडा अध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमणमा भएको हो ।
दक्षिण बागलुङको बरेङ बजारमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । बजार क्षेत्रमा डेंगुको सङ्क्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।
बाजुराका गाउँ बस्ती यति बेला खाली हुँदै गएका छन् । साउनको महिना यहाँ सबै स्थानीय रोजगारी गर्नका लागि भारत जान थालेसँगै यहाँका गाउँ बस्ती खाली भएका हुन् ।
सनातन धर्मावलम्बी बहुल समाजमा भाद्र कृष्ण औँसी तिथिमा पिता अर्थात् बुबा (बावु) को सम्मान–सत्कार गर्ने परम्परा रहिआएको छ । पुराणादि ग्रन्थमा यसै दिन पिताको सम्मान गर्ने सन्दर्भ चाहिँ उल्लेख गरिएको देखिँदैन । पितृसँग सम्बन्धित तिथि भएकाले औँसीमा श्राद्ध आदि कर्म गर्ने विधान भने छ ।