स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।
मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
यहाँको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त र सतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ ।
लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।
कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपयोग गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या वृद्धि हुन नसकेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनमा गुल्मी जिल्लाबाट आठ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिनुभएको छ। उपाध्यक्ष पदका लागि गोकर्ण बिष्टले उम्मेदवारी दर्ता गराउनुभएको हो।
यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–२ र ३ का ग्रामीण बजारमा अनुगमन गरिएको छ । तातोपानी–२ को जर्मी गाउँ रहेको बजार र वडा नम्बर ३ को लिताकोट बजारमा सोमबार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुमगन गरको छ ।
दस करोडको कोष बनाउने उद्देश्यले सञ्चालित महायज्ञबाट मानवसेवा आश्रमलाई आठ करोडभन्दा बढी बचत भएको छ ।
लोकतान्त्रिक प्रणालीमा जनादेश प्राप्त गर्ने मुख्य माध्यम नै आवधिक निर्वाचन हो । यसलाई लोकतान्त्रिक प्रणालीको सुन्दर पक्ष भन्ने गरिन्छ । आफूले छानेका प्रतिनिधिले कानुन निर्माण तथा शासन गर्ने भएर पनि आवधिक निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्ष भनेको हुनु पर्छ । लोकतान्त्रिक प्रणालीमा कतिपय निर्वाचन समयतालिकाका आधारमा आउँछन् भने कतिपय अप्रत्याशित । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन नियमित कार्यतालिकामा हुने निर्वाचन होइन । यो अप्रत्याशित हो । गत भदौ २३ र २४ गते भएको नवपुस्ता अर्थात् जेनजी विद्रोहले तत्कालीन केपी ओलीको सरकार विस्थापन ग¥यो । नयाँ
नेपालको संविधानको प्रस्तावनामा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको देशका रूपमा परिभाषित गरिएको छ । यो यथार्थतालाई आत्मसात् नगर्दा विगतमा जाति, भाषा, वर्ग, क्षेत्र, धर्म, संस्कृति र लिङ्गका आधारमा नेपाली नेपालीबिच ठुलो विभेद गरियो । वास्तवमा यी विभेद र उत्पीडन सामन्ती, निरङ्कुश र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेको थियो । यिनीहरूबाट मुलुकलाई
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बन्यजन्तुपीडित कृषकलाई आर्थिक सहायता प्रदान गरिएको छ ।