काठमाडौँ महानगरपालिका–१२, टेकु दोभान स्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको छ ।
हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन्। आइतबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले परराष्ट्रमन्त्री डा देउवासँग भेट गर्नुभएको हो।
सप्तरीको राजविराजमा अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारीको लागि बैठक, छलफल लगायतको कार्यक्रम अगाडि बढाइएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन भएको बताउनुभएको छ ।
गत आर्थिक वर्ष २०८१-८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत रहेको छ ।
छहारी युथ क्लब र राप्ति फुटबल क्लबले एन्फा महिला लिग छनोटमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
चार हजार पाँच सय घरधुरीलाई लक्षित गरी झण्डै पाँच वर्ष अघि निर्माण सुरु गरिएको बौनाहा खानेपानी आयोजना ठेकेदारको लापरबाहीका कारण अधुरै छाडिएपछि स्थानीय खानेपानीबाट बञ्चित भएका हुन्।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साहका अनुसार आइतबार दिउँसोसम्ममा ५४ जना झाडापखाला लागेर अस्पताल भर्ना भएका बिरामीहरुमा हैजाको संक्रमण पुष्टि भएको हो ।
नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ।
युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तिज पर्वलाई सबैले मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ। परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो।
पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन्।
नेकपा (एमाले) ताप्लेजुङले फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कडा (हदैसम्मको) कारबाही गर्न माग गरेको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनप्रतिनिधि र कर्मचारीलाई जनतालाई सन्तुष्ट पार्ने खालको सेवा दिन निर्देशन दिनुभएको छ।