नेपाली कांग्रेसको भातृ सङ्गठन महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पादेवी श्रेष्ठको निधन भएको छ । उहाँको ८१ वर्षको उमेरमा राजविराज नगरपालिका–५ स्थित आफ्नै निवासमा आइतबार निधन भएको हो ।
विश्वमा प्रविधिको विकास र प्रयोग तीव्र रूपमा बढिरहेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–३ उपल्लो भाडगाउँमा रहेको शिवालय मन्दिर पुर्निर्माणपछि आकर्षक बनेको छ । एक करोड रुपियाँ बढिको लागतमा शिवालय मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिरमा नर्मदेश्वर शिवलिङ्ग स्थापना गरेर अखण्डदिप प्रज्जवलन भइरहेको छ ।
नवलपुरको गैँडाकोटमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
साहित्यकार विन्दु अधिकारी ढकाल र भगवती अधिकारी सेढाईंद्वारा सम्पादित एवं प्रकाशित ‘आमाका पाइला’ कृतिको एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृति समालोचना साहित्यकार कुलप्रसाद पराजुलीले गर्नुभएको थियो ।
प्तरीका तीन वटा सरकारी प्राथमिक विद्यालयका बालबालिका कम्प्युटर तालिम लिँदै आएको छ । सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाई अभियानअन्तर्गत कञ्चनरूप नगरपालिकाका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालयका बालबालिकाले कम्प्युटर तालिम लिँदै आएका हुन् ।
१८ औँ पुस्तकालय दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा आइतबार ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ ।
अर्थतन्त्रले क्रमशः लय समात्दै छ । कोरोना, रुस–युक्रेन युद्ध जस्ता बाह्य परिस्थितिका कारण विश्व अर्थतन्त्रमा नै मन्दीको असर जस्तो बाह्य समस्या र आन्तरिक आर्थिक शिथिलताले खस्केको अर्थतन्त्रमा सुधार आउँदै गरेको सूचकहरूले देखाएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका– ६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेका एक पुरुष मृत फेला परेका छन् । स्थानीय ४६ वर्षीय सत्रुधन सादा आइतबार दिउँसो नुहाउने क्रममा मादक पदार्थ सेव गरेको अवस्थामा नहरमा डुबेका थिए ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७६ पैसा र बिक्रीदर १४० रुपियाँ ३६ पैसा कायम भएको छ ।
धान खेतीको मौसम चलिरहेको छ तर बर्दियाका किसान भने रासायनिक मलको खोजीमा दैनिक कष्ट सहन बाध्य छन् । बारबर्दिया नगरपालिका–४, रानीपुर बरबट्टाका किसान रामप्रसाद थारू आइतबार बिहानै गुलरिया नगरपालिका–१० स्थित नेपाल–भारत सीमाक्षेत्रसम्म युरिया मल खोज्न १५ किलोमिटर साइकल चढेर पुग्नुभयो । मल लिएर फर्कंदासमेत त्यति नै दुरी तय गर्नुपर्ने भएकाले उहाँले मल खोज्न ३० किलोमिटर लामो यात्रा गर्नुप¥यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल वितरण र व्यवस्थापनबारे कार्ययोजना प्रस्तुत गर्न दिएको समयसीमा बितेको धेरै दिन हुँदा पनि कार्ययोजना प्रस्तुत हुन सकेको छैन । प्रधानमन्त्री ओलीले कृषि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई गत २७ साउनमा तीन दिनभित्र कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे ठोस योजना ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।
सरकारले उखु किसानलाई दिएको अनुदानको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानको बाँकी रहेको अनुदान रकम एक दुई दिनभित्रै भुक्तानी गरिने जनाएको छ ।
रैथाने अन्डी (अनदी) धान मासिँदै गएपछि थारू समुदायको अट्वारी पर्वमा असर परेको छ । अट्वारी पर्वका लागि अन्डी धानको चामल चाहिनेमा त्यो अभाव हुँदा थारू समुदायको महत्वपूर्ण पर्वमा असर परेको हो । अट्वारी मनाउन अन्डीको रोटी अनिवार्य परिकार मानिन्छ । यो बाली मासिँदै गएपछि धेरैले अट्वारी नै नमनाउने अवस्था छ ।