बेनी नगरपालिका ८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालकहरु जिल्ला अदालत म्याग्दीको अन्तिम फैसला आउने समयसम्मै पुर्पक्षका लागि थुनामा रहने भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
बाँकेको खजुरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका आठ स्थानीय तहमा सबैभन्दा बढी अङ्क ल्याएर प्रथम भइ उत्कृष्ट पालिका बनेको छ ।
कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पु¥याएको छ ।
बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका तनहुँका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ । भानु नगरपालिका–२ का ३२ वर्षीय पदमबहादुर काप्रीलाई व्यास नगरपालिका–१ भादगाउँमा लुकिछिपी बसेको अवस्थामा आइतबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विकले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।
सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो ।
पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ ।
त्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को आइतबार पश्चिम चितवनको गुञ्जनगरमा विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखान सिंह गुरुङले स्थापना गर्नुभएको बखान बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा कृति बखानको बिमोचन गरिएको हो ।
वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई ।
दार्चुलास्थित व्यास गाउँपालिका–१ मा पर्ने नेपाली भूभाग लिपुलेक पासबाट भारत–चीन द्विपक्षीय व्यापार मार्ग खोल्ने सहमति भएपछि यहाँका नागरिक निराश भएका छन् ।
सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा अनिवार्य ईम्बोस्ट नम्बर जडान गर्ने निर्णय गरेसँगै बर्दियाका युवाहरूले सरकारसँग उक्त निर्णय फिर्ता लिन माग गरेका छन् ।
दक्षिण बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप जन्मघर भए पनि बागलुङ नगरपालिका–३ गौडाकोटलाई कर्मभूमि बनाउँदै आउनुभएका अगुवा कृषक गंगाबहादुर थापाले फुलफुलका बिरुवा हुर्काउन जिल्लामै पहिलोपटक विद्युत र इन्टरनेटमार्फत चल्ने ‘अटोमेसन सिँचाइ’ भित्र्याउनुभएको छ ।
सरकारी निकायले प्रदान गर्ने सेवा सरल र सहज हुनु पर्छ । सेवाग्राहीले दुःख पाउनु हुन्न, तर कतिपय सरकारी निकायले प्रदान गर्ने सेवा सहज देखिँदैन । खास गरी यातायात कार्यालयले प्रदान गर्ने सेवाप्रति सेवाग्राहीको गुनासो छ । सवारीचालक अनुमतिपत्रका निम्ति ठुलो सास्ती खेप्नु पर्छ । दुई तीन वर्षअघि सवारीचालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउन सकेका छैनन् । सवारीसाधनको कर तिर्न जाँदा पनि ठुलै सास्ती भोग्नु पर्छ । अनलाइनबा