सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा अनिवार्य ईम्बोस्ट नम्बर जडान गर्ने निर्णय गरेसँगै बर्दियाका युवाहरूले सरकारसँग उक्त निर्णय फिर्ता लिन माग गरेका छन् ।
दक्षिण बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप जन्मघर भए पनि बागलुङ नगरपालिका–३ गौडाकोटलाई कर्मभूमि बनाउँदै आउनुभएका अगुवा कृषक गंगाबहादुर थापाले फुलफुलका बिरुवा हुर्काउन जिल्लामै पहिलोपटक विद्युत र इन्टरनेटमार्फत चल्ने ‘अटोमेसन सिँचाइ’ भित्र्याउनुभएको छ ।
सरकारी निकायले प्रदान गर्ने सेवा सरल र सहज हुनु पर्छ । सेवाग्राहीले दुःख पाउनु हुन्न, तर कतिपय सरकारी निकायले प्रदान गर्ने सेवा सहज देखिँदैन । खास गरी यातायात कार्यालयले प्रदान गर्ने सेवाप्रति सेवाग्राहीको गुनासो छ । सवारीचालक अनुमतिपत्रका निम्ति ठुलो सास्ती खेप्नु पर्छ । दुई तीन वर्षअघि सवारीचालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउन सकेका छैनन् । सवारीसाधनको कर तिर्न जाँदा पनि ठुलै सास्ती भोग्नु पर्छ । अनलाइनबा
धेरै समयदेखि प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिमा अड्केको शिक्षा विधेयक हालै मात्र माओवादी, राप्रपा र रास्वपाका फरक मत सहित पारित भएको छ । विधेयक पारित हुने क्रममा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा यो विषयले धेरै महत्व पाएको देखिन्छ, जुन आवश्यक पनि थियो । ने
बालबालिकालाई उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने खालको शिक्षा दिनु आवश्यक हुन्छ । जुन शिक्षा प्राप्त गरेपछि उनीहरूको जीवन सुनिश्चित हुन सकोस् । उनीहरूलाई दिइने शिक्षामा देहायका पक्ष समेटिनु आवश्यक हुन्छ ।
नेपाली कांग्रेसको भातृ सङ्गठन महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पादेवी श्रेष्ठको निधन भएको छ । उहाँको ८१ वर्षको उमेरमा राजविराज नगरपालिका–५ स्थित आफ्नै निवासमा आइतबार निधन भएको हो ।
विश्वमा प्रविधिको विकास र प्रयोग तीव्र रूपमा बढिरहेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–३ उपल्लो भाडगाउँमा रहेको शिवालय मन्दिर पुर्निर्माणपछि आकर्षक बनेको छ । एक करोड रुपियाँ बढिको लागतमा शिवालय मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिरमा नर्मदेश्वर शिवलिङ्ग स्थापना गरेर अखण्डदिप प्रज्जवलन भइरहेको छ ।
नवलपुरको गैँडाकोटमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
साहित्यकार विन्दु अधिकारी ढकाल र भगवती अधिकारी सेढाईंद्वारा सम्पादित एवं प्रकाशित ‘आमाका पाइला’ कृतिको एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृति समालोचना साहित्यकार कुलप्रसाद पराजुलीले गर्नुभएको थियो ।
प्तरीका तीन वटा सरकारी प्राथमिक विद्यालयका बालबालिका कम्प्युटर तालिम लिँदै आएको छ । सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाई अभियानअन्तर्गत कञ्चनरूप नगरपालिकाका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालयका बालबालिकाले कम्प्युटर तालिम लिँदै आएका हुन् ।
१८ औँ पुस्तकालय दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा आइतबार ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ ।
अर्थतन्त्रले क्रमशः लय समात्दै छ । कोरोना, रुस–युक्रेन युद्ध जस्ता बाह्य परिस्थितिका कारण विश्व अर्थतन्त्रमा नै मन्दीको असर जस्तो बाह्य समस्या र आन्तरिक आर्थिक शिथिलताले खस्केको अर्थतन्त्रमा सुधार आउँदै गरेको सूचकहरूले देखाएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका– ६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेका एक पुरुष मृत फेला परेका छन् । स्थानीय ४६ वर्षीय सत्रुधन सादा आइतबार दिउँसो नुहाउने क्रममा मादक पदार्थ सेव गरेको अवस्थामा नहरमा डुबेका थिए ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।