• १ पुस २०८२, मङ्गलबार

पन्ध्र हजार बिरामीलाई सेवा

blog

पाख्रीबास समाचारदाता

पाख्रीबास (धनकुटा), पुस १ गते । धनकुटा नगरपालिका–६, स्थित सल्लेरीमा रहेको नेपाल नेत्रज्याति सङ्घ धनकुटाद्वारा सञ्चालित  डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले वार्षिक १५ हजार आँखाका बिरामी परीक्षण गर्दै आएको छ । सोमबार सङ्घको १५ औँ वार्षिक साधारण सभा तथा अस्पतालको १२ औँ वार्षिकोत्सवका अवसरमा यस्तो जानकारी दिइएको हो । 

आँखा अस्पतालका सचिव देवबहादुर खड्काले अस्पतालमा दैनिक ५० देखि ७० जनासम्मलाई बहिरङ्ग सेवा दिने गरेको बताउनुभयो । त्यस्तै वार्षिक एक हजार जनाको शल्यव्रिmया गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । जिल्लामा रहेका सात वटै पालिकासँग समन्वय गरी आँखा परीक्षण शिविर सञ्चालनसमेत गर्दै आएको जनाइएको छ । अस्पतालले ज्येष्ठ नागरिकको आँखा परीक्षणमा ५० प्रतिशत छुट र विद्यार्थीलाई विशेष छुट दिँदै आएको छ । 

यस्तै सोही अवसरमा विराटनगर आँखा अस्पताल रानी, मोरङलाई रामप्रसाद आँखा अस्पताल, धनकुुटको सेवा गुणस्तर वृद्धिका लागि सहयोग पु¥याइएको भन्दै सम्मान गरिएको थियो । अस्पतालबाट नेत्र विशेषज्ञलगायत दक्ष प्राविधिक उपलब्ध गराई सहयोग गरेको भन्दै विराटनगर आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति सङ्घका सदस्य पूर्वमन्त्री संविधान सभा सदस्य पद्मनारायण चौधरीलाई सम्मान गरिएको थियो । उहाँलाई नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय समिति, प्रदेश सभापति, उपाध्यक्ष श्यामसुन्दर उदास, सङ्घका अध्यक्ष रोशेष श्रेष्ठ र सचिव देवबहादुर खड्कालगायतले सम्मान  गर्नुभएको थियो ।