जमिनभन्दा केहीमाथि उठाएर बनाइएको पुरानो शैलीको सानो सुन्दर चिटिक्क परेको घर । बाहिरी भागमा दलान (सिकुवा), दलानसम्म पुग्ने गरी मिलाएर बनाइएको ढुङ्गे सिँढी, दलान ढाक्ने ढुङ्गा र माटोबाट बनाइएको सानो पर्खाल
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक अन्तर्गत पूर्वीखण्डको म्याद तीन महिना थप भएको छ । निर्धारित समय समाप्त नभएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरेबमोजिम चौथो पटक समय थप गरिएको सडक आयोजना पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले गोरखापत्रलाई जानकारी दिनुभयो ।
१९६७ सालमा स्थापना भएको लुम्बिनी प्रदेशको सबैभन्दा पुरानो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आइतबारदेखि दिवासँगै रात्रिकालीन सेवालाई प्रभावकारी बनाउने भएको छ । प्रादेशिक अस्पतालमा रातिको समयमा पनि अलग्गै चिकित्सकीय सेवासहितको उपचार सेवा व्यवस्था गर्ने तयारी अन्तर्गत आइतबारदेखि सेवा सुरु गर्न लागेको हो ।
आफ्नै छोरी र दाइको छोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
पाल्पाका अस्पतालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । जिल्लामा रहेका तीन अस्पतालमा डेङ्गु सङ्क्रमित भई उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनहुँ बढेको अस्पतालले जनाएका छन् । तानसेनस्थित मिसन अस्पतालले दैनिक तीन/चार जना बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
दैलेखको डुङ्गेश्वर गाउँपालिका–६, सानोओइरीका छविलाल उपाध्याय गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन जानुभयो । वडा कार्यालयबाट आवश्यक कागजात बनाएर जिल्ला प्रशासन पुगेका उहाँलाई आफ्नै छोराले नागरिकतामा हस्ताक्षर गरेर प्रतिलिपि पाइएला भन्ने लागेको थिएन ।
घरघरमा कृषक भएको हिमाली जिल्ला मुगुमा गत आर्थिक वर्ष ८१/८२ को १२ महिनामा ३५ हजार क्विन्टल चामल खपत भएको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले चासो देखाएको छ । परिवर्तित जलवायुका कारण एकपछि अर्को समस्या निम्तिन थालेपछि त्यसको असर न्यूनीकरण गर्ने योजना सरकारले बनाउन लागेको हो ।
दैलेखको नारायण नगरपालिका संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कर्णाली प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नतिजामा कर्णाली प्रदेशभरि नारायण नगरपालिका प्रथम भएको नगरप्रमुख लोमन शर्माले जानकारी गराउनुभयो ।
विसं २०७९ असोज तेस्रो साता आएको भारी वर्षाका कारण आएको बाढीले प्रभावित पीडितले हालसम्म राहत पाएका छैनन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीय कमला आउजी दमाईंलाई असार २७ गते राति छाउपडी गोठमा विषालु सर्पले डस्यो । महिनावारी भएको बेला छाउगोठमा बस्नुभएका उहाँका लागि त्यही सर्प नै काल बन्यो ।
पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को कार्यक्रमकाबीच विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङ्ले स्थापना गर्नुभएको बखान बहुउद्देश्यीय सहकारी संस्थामा बखानको विमोचन गरिएको हो ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बहुबर्से सडक निर्माणका क्रममा चरम ढिलासुस्ती गरिएको आरोप लागेको छ । पालिकाले तीन वर्षको अवधिमा झन्डै छ सय मिटर मात्रै चक्रपथ निर्माण गरेको हो । सडक कालोपत्रे नहुँदा बर्सातको समयमा हिलाम्मे सडकमा यात्रा गर्न मुस्किल हुने गरेको स्थानीय वसन्त जोशीले बताउनुभयो । हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे बन्ने गाउँपालिका जोड्ने मुख्य सडक निर्माणमा पालिकाले चासो नै नदिएको स्थानीय मनमती उपाध्यायले बताउनुभयो ।
हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।