पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ८ मौलाकालिका होटल अगाडि घाइते अवस्थामा भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशका घरेलु तथा साना उद्योगमा सात अर्ब एक करोड ६४ लाख रुपियाँ लगानी भएको छ ।
जिल्लाको भिमाद नगरपालिका–६ मालेबगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत भिमाद नगरपालिकाले साझेदारीमा साइलेज उद्योग स्थापना गरेको हो ।
समुद्री सतहदेखि करिब ४ हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–१ र घरपझोङ गाउँपालिका–२ मा पर्ने दुई वटा गाउँपालिकाको सीमाना छेउबाट देखिएको बतासे याक खर्क, हरियाली चरीचरण र आसपासका क्षेत्र ।
जुम्ला सदरमुकाम नजिकैको चन्दननाथ नगरपालिका-६ छिनागाउँमा अहिले पनि खानेपानीकाे धारामा जातीय विभेद हुने गरेको छ ।
जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले रु १० करोड बजेट विनियोजन गरेको छ ।
अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् ।
कास्कीको पोखरा महानगरपालिका १३ आर्बामा नगर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । सोमबार बिहान पौने १० बजेतिर आर्बाबाट पोखरा आउने क्रममा ग१ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो ।
बाँकेमा भूमि समस्या समाधान आयोगले दैनिकजसो जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै आएको छ ।
जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला–मुक्त देश घोषित भएको छ ।
यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५, फल्याकमा गाउँपालिकास्तरीय ‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यहाँ आयोजित हाइअल्टिच्युड सेभेन ए साइड फुटबलतर्फ वारागुङ-२ को युथक्लब (झोङ) र आर्चरी प्रतियोगितातर्फ जनप्रिय युवा क्लब (मुक्तिनाथ) विजयी भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो ।
थारू समुदायले उल्लासमय बातावरणमा अट्वारी मनाएका छन् । हरेक वर्ष थारू समुदायले अस्टिम्की पर्व (जन्माअष्टिमी) पछिको दोस्रो आइतबारका दिन अट्वारी मनाउने गर्छन् ।
शनिबार दिउँसो २ बजे काजल ब्युटिपार्लर जानका लागि डेराबाट निस्केको रुबीकुमारी साह कहिल्यै घर नफर्किने गरी सदाका लागि बिदा हुनुभयो । तीज र चौरचनका लागि आइतबार ससुराली भारत जाने डेरामा सम्पूर्ण तयारी गरिसक्नुभएकी रुबीको प्याकिङ्ग जस्ताको त्यस्तै रहयो ।
सदरमुकाममा रहेका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिनुभयो ।