हामी सानो छँदा घरभन्दा अलि तलको पाखुरी चोकमा कृष्णाष्टमीको अघिल्लो दिनदेखि नै गीत गाउन थाल्थेँ । गीतको आवाज हाम्रो घरसम्मै ठोकिन आइपुग्थ्यो । आमाले ‘पढ्ने मान्छेले गीत गाउने, नाच्ने र गाएको ठाउँमा जान हुँदैन, पढाइ बि
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको शुभारम्भ गर्नुहुने भएको छ ।
यमनको राजधानी सानामा आइतबार भएको इजरायली हवाई आक्रमणमा मृतकको सङ्ख्या छ पुगेको र ८६ जना घाइते भएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
खाँदबारी बजारका बासिन्दा अहिले बिहानसाँझ पानी खोज्न कुवा र धारातर्फ धाउन बाध्य भएका छन् ।
कैलाली कारागार प्रशासनले झडपमा परेर घाइते भएका थप सात कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको छ ।
ताप्लेजुङस्थित निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर तमोर नदीमा खस्दा सोमबार एकजना बेपत्ता भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीबीच विद्यमान विभेदलाई अन्त्य गर्न सरकारले प्राथमिकताका साथ सङ्घीय निजामती ऐन अघि बढाएको स्पष्ट गर्नुभएको छ ।
नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तिज आउन एक दिन बाँकी रहँदा जिल्लामा यसको रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेका को आज बिहानदेखि घुइँचो लागेको छ ।
दाङको घोराहीमा पहल थिएटर निर्माण हुने भएको छ । चलचित्र तथा नाट्यकर्मी केएल बुढाथोकीको नेतृत्वमा जिल्लामा पहिलो पटक थिएटर निर्माण हुन थालेको हो ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सुरक्षा व्यवस्था कायम गर्नमा सहयोग पुग्ने दृष्टिकोणले मधेश प्रदेशका सुरक्षा निकायलाई सवारीसाधन हस्तान्तरण गरिएको छ ।
झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले उत्कृष्ट प्रधानाध्यापक र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधारको अभियान चलाइरहेको गाउँपालिकाले अबदेखि प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने प्रधानाध्यापक र शिक्षकलाई सम्मान तथा पुरस्कृत गर्ने भएको हो ।
आरएस रिसोर्ट एन्ड बिच फुटबल महिला टिम पोखराले एन्फा महिला लिग छनोटमा सिन्धुपाल्चोक एफसीमाथि गोल वर्षा गरेको छ ।
इरानले र बेलायत, फ्रान्स तथा जर्मनीसँग मङ्गलबार जेनेभामा आणविक वार्ता गर्ने इरानी राज्य सञ्चारमाध्यमले जानकारी दिएको छ ।
बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीमा आइतवारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ । दुबै जिल्लाका थारु बाहुल्य क्षेत्रमा बिशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो ।