राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।
हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३:०० बजेदेखि खोलिएकाे पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला भएकाे कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो ।
सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्गका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ राजमार्गमा चाडपर्वलक्षित मर्मत तथा सुधार योजना लागु गरिएको छ । नजिकिँदो दसैँ, तिहारलगायतका चाडपर्वलाई ध्यानमा राख्दै सडकको अवस्था सुधार्न सो योजना लागु गरिएको सडक विभागले जनाएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को प्रतिवेदन पारित गरेको छ । समितिले विधायन ऐनको मर्मबमोजिम नियमावली बनाउने सम्बन्धित विषय ऐनमै उल्लेख गरी प्रतिवेदन तयार गरेको हो ।
सरकारले सरकारी सेवा प्रवाहको गुणस्तर सुधार, पारदर्शिता वृद्धि र जवाफदेहिताको महत्वपूर्ण माध्यमका रूपमा मानिने व्यवस्थापन परीक्षण कार्यान्वयनलाई प्रभावकारी बनाउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहका व्यवस्थापन परीक्षण कार्यान्वयनलाई थप प्रभावकारी बनाउन लागेको हो ।
अब नदी किनार तथा बाढी प्रभावित क्षेत्रका नागरिकले फोनकलबाट बाढीको पूर्वसूचना पाउने भएका छन् । यसका लागि जल तथा मौसम विज्ञान विभागले बाढी प्रभावित क्षेत्रका जनताको मोबाइलमै बाढीको पूर्वजानकारी गराउने तयारी गरेको छ । विभागले ‘इन्ट्रयाक्टिभ भ्वाइस रेस्पन्स’ (आइभिआर) प्रणाली लागु गर्न लागेको जनाएको छ ।
कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ । खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा २ स्थित शाह कम्प्लेक्सदेखि गुरुद्वारा सडकतर्फ जाने बाटोको दक्षिणतर्फको झाडीभित्र बेवारिसे अवस्थामा शव फेला परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको दर खाने दिनको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले शुभकामना व्यक्त गर्नुभएको हो ।
बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
रौतहटको माधव नारायण नगरपालिका–६ की रुबी कुमारी साहको शव रहेको सुटकेस ओसारपसारमा संलग्न एक व्यक्तिलाई अनुसन्धानको सिलसिलामा प्रहरीले सोमबार पक्राउ गरेको छ ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सामाजिक सेवा प्रभागबाट आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमअन्तर्गत करिब १२ हजार पिन्ट रगत संकलन भएको छ । भदौ ६ देखि ९ गतेसम्म आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार नौंसय १६ पिन्ट रगत संकलन गरिएको हो ।
जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ३ बाणगङ्गाको रामघाट नदीमा एक किशोर बेपत्ता भएका छन् ।
सुदूरपश्चिम प्रदेशका इँटा व्यवसायीहरूले सरकार आफूहरूका समस्या प्रति बेखबर रहेको आरोप लगाएका छन् ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाउदै त्यसका लागि आवश्यक स्रोतसाधन परिचालन गरिने बताउनु भएको छ ।