नेपाली समाजमा उल्लास र उमङ्गले भरिएको चाडको पर्याय बनेको तिज आएसँगै आफन्तहरूको भेटघाटको मनोकाङ्क्षाले हर्षित बनाउँछ । बाल्यकालको याद दिदीबहिनी, दाजुभाइ, बुवाआमा, साथीहरूका बिचको आपसी भेटघाट, माया र प्रेम जताततै छचल्किन्छ । माइतीको पर्खाइमा बसेका चेली
नेपाली महिलालाई तिजले धपक्कै छोएको छ । महिला आवाज बुलन्द गर्ने अवसरका रूपमा समेत लिइने तिजको धार्मिक, सांस्कृतिक, सामाजिक र पारिवारिक महìव बेजोड छ । केही समययता तिज वैभव देखाउने, आधुनिक बन्ने होड देखिए पनि यसको मौलिकता कायम छ, तिथि अनुसार व्रत बस्ने, पूजा गर्ने चलनमा कुनै कमी आएको छैन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तिज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
तिजको लहर आयो बरिलै यो तिजमा रमाउन बरिलै, आँसु र हाँसो पोखौँ बरिलै दुःख र सुख साटौँ बरिलै ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा वेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित विश्वकर्मा चौकनजिक कोशीपश्चिमी सिँचाइ नहरको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।
कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल नेपाली कविता र रेडियो प्रसारणका मानक स्रष्टा हुनुहुन्छ । महाकवि देवकोटाको निधनपछि निस्तेज रहेको भनिएको नेपाली महाकाव्यलाई पुनर्जागरण दिएको जस उहाँलाई जाने गरेको छ । रेडियो नेपाल र बिबिसीमा उहाँले विवि
१० वर्षपछि चिरञ्जीवी अधिकारीले पुनरागमन गर्नुभएको छ । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका अधिकारीले दशकपछि पुनः नयाँ म्युजिक भिडियो निकाल्नुभएको हो । उहाँ ‘तन दिए, मन दिए’ नामक थ्रिलर म्युजिक भिडियोमार्फत फर्किनुभएको हो ।
गायिका लक्ष्मी हमालले ‘यसपालिको तिज’ बोलको गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ । गायिका हमालकै स्वर रहेको उक्त गीतलाई टेकेन्द्र कार्कीले सम्पादन तथा निर्देशन गर्नुभएको छ ।
युवापुस्ताले आफ्नै मुलुकमा सम्भावना देखेर काम गर्नु प्रेरणादायी भएको गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले बताउनुभएको छ । स्नो सञ्चार प्रोडक्सनले राजधानीमा आयोजित गरेको ‘मिस एन्ड मिसेस तिज–२०२५’ र ‘मिस्टर तथा मिस लिटिल स्नोज नेपाल–२०२५’ को ग्रान्ड फिनालेमा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै बस्नेतले पछिल्लो समय बिदेसिने लहर चलेका बेला युवाले यस्ता कार्यक्रमको आयोजना गरेर नेपालमै केही गर्न सक्ने सन्देश दिएको बताउनुभयो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विशेषगरी हिन्दु महिलाहरुले मनाउने पर्व हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
धनकुटामा भइरहेको एभोकाडो खेती, रोग किरा, उत्पादन र गुणस्तरमा देखिएका समस्या र समाधानका उपायबारे विदेशी कृषि वैज्ञानिकसहितको टोलीले अध्ययन गर्दै छ । एसियाली विकास बैङ्क, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकसहितको प्राविधिक टोली धनकुटा आएको हो ।
बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट, इनर्जी ड्रिङ्क र सोडालगायतका २५ प्रकारका पेय पदार्थ उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा कार्बनडाइअक्साइड (सिओटु) नेपालमै उत्पादन सम्भावना छ । देशभरका मदिरा उद्योगमा सहउत्पादनका रूपमा सिओटु निस्कन्छ तर त्यसको आन्तरिक उपयोग नगरी ठुलो परिमाणमा आयात गर्ने गरिन्छ । मदिरा उद्योगमा निस्कने सिओटुलाई अन्य हल्का पेय पदार्थका लागि प्रयोगमा ल्याउन यसको आयातमा हुने न्यून भन्सार दर बाधक बन्ने गरेको उद्योगीको गुनासो छ ।
इलामको सूर्योदय नगरपालिका–३ का गोपाल आचार्यले व्यावसायिक गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । आचार्यले गाईपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । आफ्नो र अन्य जमिन भाडामा लिएर उहाँले सञ्चालन गरिरहनुभएको ‘पञ्चामृत गाई फार्म’ बाट दैनिक १६० देखि दुई सय लिटरसम्म दुध उत्पादन हुन्छ । दुध डेरीमा पु¥याउँदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने उहाँले जानकारी दिनुभयो ।
बजारमा सोमबार दुधको खपत दोब्बरले बढेको छ । तिजको दरखाने दिन परेकाले बजारमा दुधको माग बढ्दा खपत ह्वात्तै बढेको हो । किराना पसलदेखि डेरी उद्योगमा सोमबार बिहानैदेखि दुध खरिद गर्न ग्राहकको भिड लागेको थियो । दरको दिनमा चेलीबेटीलाई खिरसँगै अन्य परिकार बनाएर खुवाउने चलन छ, जसका कारण दुधको बिक्री बढेको डेरी उद्योगीको भनाइ छ ।
सूचना प्रविधिको उच्चतम प्रयोगले विश्व बजार प्रणालीमा नै उथलपुथल ल्याइदिएको छ । नेपाल पनि त्यसको अछुतो छैन । नगदमा आधारित बजारलाई अहिले नगदरहित (क्यासलेस) विद्युतीय भुक्तानी प्रणाली वा अनलाइनमार्फत हुने व्यापारले प्रतिस्थापन गर्दै छ ।