नेपालमा सहरीकरण बढ्दै गएको छ । बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न स्मार्ट सहरी विकास पूर्वाधार बनाउनु पर्छ । अमेरिका, युरोप र एसियाका विकसित देशका राजधानी तथा अन्य ठुला सहर दीर्घकालीन योजनाका साथ स्मार्ट पूर्वाधारको विकासले सहरी जनजीवन व्यवस्थित, सुविधासम्पन्न र सहज बनेका छन् । सार्वजनिक यातायात सेवा व्यवस्थित, सुविधाजनक र भरपर्दा छन् । धेरै नागरिकले सार्वजनिक यातायात सेवा प्रयोग गर्छन्
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–८, स्थित चित्रेबाट खैरो हिरोइनसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ शङ्का लागि चेकजाँच गर्दा खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कौटिल्य अथवा चाणक्यलाई आधुनिक कूटनीतिक राज्य सञ्चालन कलाका जनकका रूपमा मानिन्छ । कौटिल्य सूक्ष्म, दूरदर्शी र चतुर राजनीतिक चिन्तक थिए, जसले शासक तथा कूटनीतिज्ञहरूका लागि प्रस्तुत गरेका सिद्धान्त आज पनि विदेश नीति र शासनकलाको आधारस्तम्भका रूपमा प्रयोग भइरहेका छन् । विशेषतः भारतले आफ्नो कूटनीतिक व्यवहारमा कौटिल्यका अनेकौँ रणनीतिलाई अवलम्बन गरेको मानिन्छ ।
सप्तरीको राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आह्वानमा राजविराजमा मङ्गलबार पनि पाँचौँ दिन रिले अनसनलाई निरन्तरता दिइएको छ ।
मुलुकमा सुशासन कायम गरी जनताको जीवनस्तर वृद्धि गर्ने कार्य राज्य सञ्चालकको पहिलो दायित्व हो । हरेक सरकारले सुशासनलाई केन्द्रमा राखेर आफ्ना नीति योजना कार्यव्रmम सञ्चालन गरेको हुन्छ । वर्तमान सरकारको प्रमुख दायित्व निर्वाचन गराउने भए पनि भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापित गर्ने कार्य सँगसँगै गर्नुपर्ने महìवपूर्ण जिम्मेवारी रहेको छ । तोकिएको समयमा निर्वाचन गराउनेलगायत सरकारका नियमित प्रशा
सप्तरीमा बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
१. दोस्रो नेपाल प्रिमियर लिगको उपाधि विजेता टोली कुन हो ? लुम्बिनी लायन्स (उपविजेता : सुदूरपश्चिम रोयल्स) – दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले उपाधि जितेको । – जितका लागि पाएको मात्र ८६ रनको लक्ष्य लुम्बिनीले ९
बागलुङको ताराखोला गाउँपालिकाका स्थानीयवासीले लघुउद्यम सञ्चालनमार्फत स्वरोजगार सिर्जना गर्न गाउँपालिकाले पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
श्रम आप्रवासन नीति १. राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ ले लिएको दूरदृष्टि, ध्येय, लक्ष्य, उद्देश्य र नीतिहरू उल्लेख गर्दै नेपालमा कार्यरत विदेशी श्रमिकको सम्बन्धमा यस नीतिमा के कस्ता प्रावधान रहेका छन् ? स्पष्ट पार्नुहोस् ।
आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि गुल्मीमा होमस्टे सञ्चालन गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ उपल्लो भंगारीमा २०७७ सालदेखि रैथाने बालीको परिकार प्रवर्धनसँगै आन्तरिक पर्यटन प्रवर्धन गर्न होमस्टे सञ्चालनमा ल्याइएको हो ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्ध–जिम्मेवारी अनि जेनजी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रको कथाकार र निर्माता दिनेश कोइराला हुनुहुन्छ । कथाकार तथा निर्माता कोइरालाले चलचित्रमा आफूहरूले उठाएको मुख्य मुद्दा र अहिले जेनजी पुस्ताले राखेको माग, देश सिकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको बताउँदै आउनुभएको छ ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले यस पटकदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यसअघि उक्त पुरस्कार स्व. गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।