गायिका लक्ष्मी हमालले ‘यसपालिको तिज’ बोलको गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ । गायिका हमालकै स्वर रहेको उक्त गीतलाई टेकेन्द्र कार्कीले सम्पादन तथा निर्देशन गर्नुभएको छ ।
युवापुस्ताले आफ्नै मुलुकमा सम्भावना देखेर काम गर्नु प्रेरणादायी भएको गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले बताउनुभएको छ । स्नो सञ्चार प्रोडक्सनले राजधानीमा आयोजित गरेको ‘मिस एन्ड मिसेस तिज–२०२५’ र ‘मिस्टर तथा मिस लिटिल स्नोज नेपाल–२०२५’ को ग्रान्ड फिनालेमा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै बस्नेतले पछिल्लो समय बिदेसिने लहर चलेका बेला युवाले यस्ता कार्यक्रमको आयोजना गरेर नेपालमै केही गर्न सक्ने सन्देश दिएको बताउनुभयो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विशेषगरी हिन्दु महिलाहरुले मनाउने पर्व हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
धनकुटामा भइरहेको एभोकाडो खेती, रोग किरा, उत्पादन र गुणस्तरमा देखिएका समस्या र समाधानका उपायबारे विदेशी कृषि वैज्ञानिकसहितको टोलीले अध्ययन गर्दै छ । एसियाली विकास बैङ्क, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकसहितको प्राविधिक टोली धनकुटा आएको हो ।
बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट, इनर्जी ड्रिङ्क र सोडालगायतका २५ प्रकारका पेय पदार्थ उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा कार्बनडाइअक्साइड (सिओटु) नेपालमै उत्पादन सम्भावना छ । देशभरका मदिरा उद्योगमा सहउत्पादनका रूपमा सिओटु निस्कन्छ तर त्यसको आन्तरिक उपयोग नगरी ठुलो परिमाणमा आयात गर्ने गरिन्छ । मदिरा उद्योगमा निस्कने सिओटुलाई अन्य हल्का पेय पदार्थका लागि प्रयोगमा ल्याउन यसको आयातमा हुने न्यून भन्सार दर बाधक बन्ने गरेको उद्योगीको गुनासो छ ।
इलामको सूर्योदय नगरपालिका–३ का गोपाल आचार्यले व्यावसायिक गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । आचार्यले गाईपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । आफ्नो र अन्य जमिन भाडामा लिएर उहाँले सञ्चालन गरिरहनुभएको ‘पञ्चामृत गाई फार्म’ बाट दैनिक १६० देखि दुई सय लिटरसम्म दुध उत्पादन हुन्छ । दुध डेरीमा पु¥याउँदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने उहाँले जानकारी दिनुभयो ।
बजारमा सोमबार दुधको खपत दोब्बरले बढेको छ । तिजको दरखाने दिन परेकाले बजारमा दुधको माग बढ्दा खपत ह्वात्तै बढेको हो । किराना पसलदेखि डेरी उद्योगमा सोमबार बिहानैदेखि दुध खरिद गर्न ग्राहकको भिड लागेको थियो । दरको दिनमा चेलीबेटीलाई खिरसँगै अन्य परिकार बनाएर खुवाउने चलन छ, जसका कारण दुधको बिक्री बढेको डेरी उद्योगीको भनाइ छ ।
सूचना प्रविधिको उच्चतम प्रयोगले विश्व बजार प्रणालीमा नै उथलपुथल ल्याइदिएको छ । नेपाल पनि त्यसको अछुतो छैन । नगदमा आधारित बजारलाई अहिले नगदरहित (क्यासलेस) विद्युतीय भुक्तानी प्रणाली वा अनलाइनमार्फत हुने व्यापारले प्रतिस्थापन गर्दै छ ।
जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना व्यक्त गर्दै उहाँले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताउनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उहाँले भन्नुभयो, “हरितालिका तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ ।”