बागलुङको ताराखोला गाउँपालिकाका स्थानीयवासीले लघुउद्यम सञ्चालनमार्फत स्वरोजगार सिर्जना गर्न गाउँपालिकाले पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
श्रम आप्रवासन नीति १. राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ ले लिएको दूरदृष्टि, ध्येय, लक्ष्य, उद्देश्य र नीतिहरू उल्लेख गर्दै नेपालमा कार्यरत विदेशी श्रमिकको सम्बन्धमा यस नीतिमा के कस्ता प्रावधान रहेका छन् ? स्पष्ट पार्नुहोस् ।
आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि गुल्मीमा होमस्टे सञ्चालन गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ उपल्लो भंगारीमा २०७७ सालदेखि रैथाने बालीको परिकार प्रवर्धनसँगै आन्तरिक पर्यटन प्रवर्धन गर्न होमस्टे सञ्चालनमा ल्याइएको हो ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्ध–जिम्मेवारी अनि जेनजी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रको कथाकार र निर्माता दिनेश कोइराला हुनुहुन्छ । कथाकार तथा निर्माता कोइरालाले चलचित्रमा आफूहरूले उठाएको मुख्य मुद्दा र अहिले जेनजी पुस्ताले राखेको माग, देश सिकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको बताउँदै आउनुभएको छ ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले यस पटकदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यसअघि उक्त पुरस्कार स्व. गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।
डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझ : कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफ सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गर्नुभएको थियो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि बृहत् अवसर रहेको बताउनुभएको छ । नेपाल–चीन लगानीसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिकलगायतका क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको र बजारका हिसाबले नेपाल दक्षिण एसियाको गेटवे बन्न सक्ने धारणा राख्नुभयो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ ।
विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
उद्योग सङ्गठन मोरङले नजिकिँदै गरेको सुक्खा मौसममा उद्योग–व्यवसाय क्षेत्रका लागि आवश्यक विद्युत् आपूर्तिको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी हिउँदमा हुन सक्ने विद्युत् आपूर्तिको समस्यासँगै आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न मागहरू राखेको हो ।
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताउनुभएको छ ।कैलालीको जानकी गाउँपालिकाको दुगौलीमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल विद्युत् प्राधिकरणमार्फत तयार पार्न लागिएको उल्लेख गर्नुभयो ।
नेपाल उद्योग परिसङ्घले सर्वोत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८२ को अवसरमा उच्च करदातालाई परिसङ्घले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सोही उच्च करदातालाई निजी क्षेत्रका तर्फबाट परिसङ्घले सम्मान गरेको हो ।
ललितपुर महानगरपलिकाले बुधबार १०७ औँ स्थापना दिवस मनाउँदै छ । कला, संस्कृति सम्पदायुक्त हरित सहरका रूपमा परिचित ललितपुर महानगरपालिकाको स्थापना दिवस मनाउन लागिएको हो ।