सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना पुरुष मृत फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ फत्तेपुर घर भएका ५० वर्षीय रविराज नेपाली मृत अवस्थामा फेला पर्नु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
धनुषाको बटेश्वरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक हाटबजारको आयोजना गरिएको छ ।
पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको जनाएको हो ।
मङ्गलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।
यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
आयोजक नवसंघर्षशील युुवा क्लब हरिपुरले टिएसपी एफसी धनुषालाई ३–१ ले पराजित गर्दै प्रथम हरिपुर गोल्डकपको उपाधी जितेको छ ।
नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ ।
अर्जुनचौपारी गाउँपालिकामा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा खुमा अर्याल फाउन्डेसनले पुस ५ गते गाउँपालिकाको प्राङ्गणमा शिविर सञ्चालन गर्न लागेको हो ।
कोशी प्रदेशकै दुग्ध उत्पादन तथा विकासको क्षेत्रमा नमुना सहकारीको रूपमा रहेको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था विवाद फसेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खननको रोयल्टी हिनामिना भएको विषयमा अख्तियारले छानबिन थालेको छ । रोयल्टी हिनामिना भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरले छानबिन थालिएको आयोगका सूचना अधिकारी चेतराज भट्टले
नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवम् संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ ।
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताउनुभएको छ ।
बाजुराको दुर्गम गाउँबस्तीका अधिकांश महिला घर छोडेर धमाधम बिदेसिन थालेका छन् । गाउँमा बसेर घरपरिवार चलाउन अन्य केही विकल्प नभएपछि उनीहरू रोजगारका लागि घर छोडेर विदेश जान थालेका छन् । पहिला यहाँका पुरुष भारतमा जाने र महिलाले घर चलाउने गर्थे । अहिले पुरुषसँगै महिलाहरू पनि भारतलगायत अन्य मुलुक जाने क्रम बढेको छ ।