वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु. ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु. ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।
भारत र नेपालबिच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ ।
गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
नेपालगन्ज उपमहानगरपालिका –१ लाई खेलकुद हवका रूपमा विकास गर्ने लक्ष्यसहित वडा कार्यालयले पछिल्लो समय खेलकुद पूर्वाधारमा लगानी बढाउँदै लगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. चार हजार ५५ निर्धारण भएको छ ।
गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक खण्डमा निर्माणाधीन चार पक्की पुल निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ ।
पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको
जिल्ला प्रहरी कार्यालय बागलुङले ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेशभित्र एक वर्षमा एक हजार ७८९ वटा उजुरी न्यायिक समितिमा दर्ता भएका छन् । प्रदेशका ८५ वटा पालिकामामा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न १४ वटा उजुरीका निवेदन दर्ता भएका हुन् ।
घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाउनुभएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया जिल्ला पुग्नु भएको छ । बर्दिया जिल्लाका विभिन्न स्थानको अनुगमन र पुल शिलन्यासका लागि मन्त्री घिसिङ बर्दिया पुग्नु भएको हो ।
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटमा बनाइएको काठको पुलमा सर्वसाधारणहरू पैसा तिरेर आवत जावत गर्न बाध्य छन् ।
चितवन र मकवानपुरको सीमावर्ती क्षेत्रमा रहेको मकवानपुरको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ४५ परिवार उपभोक्ताका लागि काठबाट बनेका खाट प्रदान गरेको छ । मनहरी गाउँपालिका–६
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।