ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गर्नुभएको छ।
नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौ दिनमा मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय साँझ ८ बजेसम्म थप गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सव तथा स्वर्ण जयन्तीका बारेमा जानकारी गराएको हो ।
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । आज बिहान पालहीनन्दन गाउँपालिका –६ कबरस्थान नजिकै परालको कुन्योमा लुकाइराखेको अवस्थामा प्रहरीले भेप बरामद गरेको हो ।
संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।
कृषकले दुःख गरेर लगाएको अन्नबाली भित्र्याउन नपाउँदै बाँदरले नष्ट गरिदिएपछि हैरानी खेपिरहेका तनहुँका किसान अहिले पशुपालनतर्फ आकर्षित हुन थालेका छन्।
कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले विद्यार्थीलाई कृषि पेसातर्फ आकर्षित गरिरहेको छ । केन्द्रले ‘विद्यार्थीसँग कृषि शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै विद्यार्थीलाई आकर्षति गरेको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरेको छ।
नेपाली कांग्रेस इलामले आउँदो प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्लाबाट नाम टुङ्ग्याएको छ । कांग्रेसले दुई निर्वाचन क्षेत्रका लागि ११ जनाको नाम सिफारिस गरेको हो ।
पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसमा समाजका विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ।
छ महिनादेखि तलब नपाएपछि सर्लाहीको बसबरिया गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।
शिक्षक सेवा उत्तीर्ण भई ताप्लेजुङका लागि सिफारिस आएका शिक्षकलाई स्थानीय तह रोज्न समय दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जिल्लाका लागि सिफारिस भएर आएका शिक्षकलाई स्थानीय तह रोज्न अर्थात छनोट गर्न समय दिएको हो ।
बागमती प्रदेश सरकार अन्तर्गत प्रदेश रहेको कृषि सेवा कार्यालय जग्गा उपलब्ध भए पनि भवन नहुँदा जस्ताको कटेराबाट सञ्चालन हुँदै आएको छ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।