पूर्वीय वैदिक परम्परा तथा संस्कृतिलाई हेर्दा चाडपर्वहरूले मानव जीवनका लागि उत्साह, खुसी र ऊर्जा लिएर आएका हुन्छन् । आफन्तहरूसँग भेटघाट गर्ने र खुसी साट्ने भरपर्दो माध्यम पनि हो चाडपर्व । यी चाडबाड एकपछि अर्को ग
स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने बताउनुभएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुनः सुरुआत गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताउनुभएको छ ।
पाल्पाको रैनादेवी छहराका एक बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको छ । रैनादेवी छहरा –१, की ११ वर्षकी बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वका अवसरमा प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट तथा रौतहटका विभिन्न बिओपी एवं बेस क्याम्पमा कार्यरत १७ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । तस्करी गरी भित्र्याइएको सामान समात्नुको सट्टा तस्करलाई नै सुरक्षित ठाउँमा लैजान दिएको भन्दै सशस्त्र प्रहरी बल नेपालले रौतहटका दुई सशस्त्र प्रहरी नायब उपरीक्षक, तीन सशस्त्र प्रहरी निरीक्षकसहित १७ जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको केन्द्रीय सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
टेम्केमैयुङ गाउँपालिकामा करिब तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ ।
मिक्वाखोला गाउँपालिका-५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।
रचनात्मक पत्रकारिताबारे नेपालमा लेखिएको पहिलो नेपाली पुस्तक रचनात्मक पत्रकारिता हाते पुस्तक प्रकाशन भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालाद्वारा लिखित पुस्तक यसै साताबाट उपलब्ध हुनेगरी सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ ।
बागलुङको बरेङ बजारमा डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । बजार क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।
स्थानीय तहले बजेटको अवस्था हेरेर हरेक गाउँघरमा विकासका पूर्वाधार पु¥याउने कोसिस गरिरहे पनि नागरिक भने सुविधा खोज्दै सहरतिर लाग्ने क्रम रोकिन सकेको छैन । स्थानीय तहहरूले सडक, विद्युत्, खानेपानीलगायतका सुविधा नागरिकका घर घरमा पु¥याउन हरेक वर्ष लगानी बढाए पनि नागरिकको बसाइँसराइँ भने गाउँबाट सहरतिर ओइरिने क्रम जारी छ ।