बागलुङको बरेङ बजारमा डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । बजार क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।
स्थानीय तहले बजेटको अवस्था हेरेर हरेक गाउँघरमा विकासका पूर्वाधार पु¥याउने कोसिस गरिरहे पनि नागरिक भने सुविधा खोज्दै सहरतिर लाग्ने क्रम रोकिन सकेको छैन । स्थानीय तहहरूले सडक, विद्युत्, खानेपानीलगायतका सुविधा नागरिकका घर घरमा पु¥याउन हरेक वर्ष लगानी बढाए पनि नागरिकको बसाइँसराइँ भने गाउँबाट सहरतिर ओइरिने क्रम जारी छ ।
पाँच सय वर्षअघि विक्रम संवत् १५७५ मा बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा निर्माण भएको सेनवंशीय राजा मणिमुकुन्द सेनको ऐतिहासिक दरबार सङ्ग्रहालय पुनर्निर्माण गरिने भएको छ । उक्त दरबार क्षेत्र अहिले भग्नावशेषमा परिणत भएको छ । दरबारका केही भाग मात्रै ठडिएको अवस्थामा छ । ऐतिहासिक महत्व बोकेको उक्त दरबारको भग्नावशेषलाई सम्बन्धित निकायले उचित संरक्षण गर्न नसकेको गुनासो सुनिँदै आएको थियो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले खेतीपाती जोगाउन ५३ जना हेरालुको व्यवस्था गरेको छ । बाँदर, बँदेल, दुम्सीलगायतका वन्यजन्तुले खेतीपाती नष्ट गर्न थालेपछि खेतीपाती संरक्षणका लागि हेरालुको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको सर्केगाड गाउँपालिकामा आयोडिनयुक्त नुनको अभाव देखिएको छ । अभाव भएपछि स्थानीय उपभोक्ता हाल प्रतिकेजी ५५ रुपियाँ तिरेर नुन खान बाध्य भएका छन् । बजारमा व्यापारीले ल्याएको आायोडिनयुक्त नुन प्रतिकेजी ५५ रुपियाँमा खरिद गरेर उपभोग गरिरहेको सर्केगाडका स्थानीय वसन्ती शाहीले बताउनुभयो ।
रुकुमपश्चिममा रहेको जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी छन् । भौतिक पूर्वाधार अभावमा क्षमता अनुकूलको व्यवस्थापन नहुँदा कैदीबन्दीलाई आधारभूत आवश्यकता उपयोगमा समस्या भइरहेको छ ।
बाख्रा चराउनका लागि गोठालो गएको बेला भिरबाट लडेर सल्यानमा एक युवतीको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ९ परिलेख निवासी २४ बर्षिया दिपा वली बस्नेतको बाख्रा चराउन जंगल गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कर्णालीमा बालबालिकाका लागि पर्याप्त कानुन बन्न सकेका छैनन् । कानुन निर्माणका लागि पहल भने भएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत नहुँदा यसअघि निर्माण थालिएका थुप्रै कानुनका मसौदा कागजमै सीमित बनेका छन् ।
सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि आवश्यक स्रोतसाधन परिचालन गरिने बताउनुभएको छ । मन्त्री पौडेलले सोमबार वीरगन्जमा
खानेपानीको अभाव भोगिरहेको यहाँको तिला गाउँपालिका–१, रारागाउँमा अहिले खानेपानी पुगेको छ । रारागाउँमा खानेपानी पुगेपछि स्थानीयलाई निकै सहज भएको छ । स्थानीय वीरबहादुर बुढाका अनुसार रारागाउँका तीन सय घरधुरी र सेरीगाउँका ३० गरी ३३० घरधुरीमा खानेपानीको चरम अभाव भइरहेको थियो । अब गाउँमा पर्याप्त खानेपानी पुगेकोमा उहाँले खुसी व्यक्त गर्दै अब सहज भएको जनाउनुभयो । अहिले छ सेकेन्डमा १० लिटर बराबर पानी आइरहेको बताइएको छ ।
दार्चुलाका दुई दल नेपाली कांग्रेस र नेपाल (एमाले)ले लिपुलेक–कालापानी हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेर कडा आपत्ति जनाएका छन् । नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि एमालेको भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो । कांग्रेसको भदौ ६ र ७ गते बसेको कार्यसमितिको बैठकले पनि ध्यानाकर्षण भएको जनाउँदै निर्णय गरेको छ ।
कञ्चनपुरमा छाउगोठ भत्काउन महिला सक्रिय भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिला छाउगोठ भत्काउन सक्रिय भएका हुन् ।
नारायणी नदीमा आएको बाढीले भरतपुरको सिसईमा लगाएको ड्याम भत्काएपछि बस्तीतर्फ पस्न सक्ने जोखिम बढेको छ । बाढी रोक्नका लागि निर्माण गरिएको ड्याम भत्काउँदा भरतपुर महानगरपालिकाका वडा नम्बर २६, २७ र २८ का बस्ती उच्च जोखिममा परेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा